back
CTIZAN AD

अनधिकृत रूपमा सञ्चालित औषधि पसललाई कानुनी दायरामा ल्याउँदै महानगर

वि.सं.२०८० भदौ १८ सोमवार

888 

shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अनधिकृत रूपमा सञ्चालनमा रहेका औषधि पसललाई कानुनी दायरामा ल्याउने भएको छ ।  कामपामा हाल सञ्चालनमा रहेका धेरै पसल कानुन विपरीत रहेकाले ती पसललाई कानुनी दायरामा ल्याउन लागिएको कामपाले जनाएको छ ।

कामपा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार हाल कामपाको क्षेत्राधिकारभित्र दुई हजार छ यस औषधि पसल सञ्चालनमा छन् । सञ्चालित धेरै औषधि पसल कानुन विपरीत रहेको पौडेलले बताए ।

‘सबै पसलको अनुगमन गरी गैरकानूनीरूपमा सञ्चालनमा रहेका औषधि पसललाई  कारबाही गर्ने छौँ,’ उनले भने, ‘यस्ता पसलमा अनधिकृत व्यक्तिले पनि औषधि बेच्ने गरेका छन् । जसका कारण अनावश्यक र चिकित्सकको सिफारिसविनै औषधि बेच्ने र सोहीअनुरूप बिरामीले सेवन गर्ने गरेका छन् ।

पौडेलले महानगर क्षेत्रका धेरै औषधि पसल अवैध रुपमा सञ्चालनमा रहेको थाहा पाएपछि अनुगमन गर्न लागिएको जानकारी दिए ।  पौडेलका अनुसार अनुगमनका लागि कामपासँग विज्ञहरूको रोष्टर तयार छ ।

‘उहाँहरूको विज्ञताबाट अनुगमनलाई तीव्र बनाई नतिजामूलक बनाउँछौँ’, उनले भने, ‘अधिकांश फार्मेसी सञ्चालकले सम्बन्धित विषय नपढेको र अरुको शैक्षिक प्रमाणपत्र पेस गरेर औषधि बिक्री वितरण भइरहेको सूचना प्राप्त भएको छ, सोही सूचनाका आधारमा अनुगमन तीव्र बनाउने हो ।’

औषधि पसल सञ्चालन कार्यविधि तयार गरेको र सोहीअनुसार अनुगमन गरी कारबाहीको दायरामा ल्याउने महानगरपालिकाले जनाएको छ ।

औषधि पसल सञ्चालन हुनका लागि कापमामा अनुमति लिनुपर्छ । फार्मेसी पढेकाले मात्रै औषधि पसल सञ्चालन र बिक्री वितरण गर्नुपर्ने कानुनी मान्यता छ र बिरामी आउँदा बस्ने स्थानको व्यवस्था गरेको हुनुपर्ने जस्ता मान्यता रहेका छन् ।

अनुगमनको प्रक्रियाअन्तर्गत पहिलो पटक कानुनमा गर्दा देखिएका कमजोरी सुधार्न आग्रह गर्ने र आग्रह नमान्दा पसल बन्द गरी अनुमति रद्द गर्नेसम्मको काम गर्ने प्रमुख पौडेलले बताए ।

कामपाले चालु आवमा स्वास्थ्य क्षेत्रका लागि ९२ करोड ६६ लाख ४४ हजार रुपैयाँ विनियोजन गरेको छ ।
रासस/फाइल फोटो

वि.सं.२०८० भदौ १८ सोमवार ०७:१३ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...