Logo
९ आश्विन २०८०, मंगलवार
     Tue Sep 26 2023
E-paper
  English Edition
   Unicode
Logo

अनधिकृत रूपमा सञ्चालित औषधि पसललाई कानुनी दायरामा ल्याउँदै महानगर



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अनधिकृत रूपमा सञ्चालनमा रहेका औषधि पसललाई कानुनी दायरामा ल्याउने भएको छ ।  कामपामा हाल सञ्चालनमा रहेका धेरै पसल कानुन विपरीत रहेकाले ती पसललाई कानुनी दायरामा ल्याउन लागिएको कामपाले जनाएको छ ।

कामपा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार हाल कामपाको क्षेत्राधिकारभित्र दुई हजार छ यस औषधि पसल सञ्चालनमा छन् । सञ्चालित धेरै औषधि पसल कानुन विपरीत रहेको पौडेलले बताए ।

‘सबै पसलको अनुगमन गरी गैरकानूनीरूपमा सञ्चालनमा रहेका औषधि पसललाई  कारबाही गर्ने छौँ,’ उनले भने, ‘यस्ता पसलमा अनधिकृत व्यक्तिले पनि औषधि बेच्ने गरेका छन् । जसका कारण अनावश्यक र चिकित्सकको सिफारिसविनै औषधि बेच्ने र सोहीअनुरूप बिरामीले सेवन गर्ने गरेका छन् ।

पौडेलले महानगर क्षेत्रका धेरै औषधि पसल अवैध रुपमा सञ्चालनमा रहेको थाहा पाएपछि अनुगमन गर्न लागिएको जानकारी दिए ।  पौडेलका अनुसार अनुगमनका लागि कामपासँग विज्ञहरूको रोष्टर तयार छ ।

‘उहाँहरूको विज्ञताबाट अनुगमनलाई तीव्र बनाई नतिजामूलक बनाउँछौँ’, उनले भने, ‘अधिकांश फार्मेसी सञ्चालकले सम्बन्धित विषय नपढेको र अरुको शैक्षिक प्रमाणपत्र पेस गरेर औषधि बिक्री वितरण भइरहेको सूचना प्राप्त भएको छ, सोही सूचनाका आधारमा अनुगमन तीव्र बनाउने हो ।’

औषधि पसल सञ्चालन कार्यविधि तयार गरेको र सोहीअनुसार अनुगमन गरी कारबाहीको दायरामा ल्याउने महानगरपालिकाले जनाएको छ ।

औषधि पसल सञ्चालन हुनका लागि कापमामा अनुमति लिनुपर्छ । फार्मेसी पढेकाले मात्रै औषधि पसल सञ्चालन र बिक्री वितरण गर्नुपर्ने कानुनी मान्यता छ र बिरामी आउँदा बस्ने स्थानको व्यवस्था गरेको हुनुपर्ने जस्ता मान्यता रहेका छन् ।

अनुगमनको प्रक्रियाअन्तर्गत पहिलो पटक कानुनमा गर्दा देखिएका कमजोरी सुधार्न आग्रह गर्ने र आग्रह नमान्दा पसल बन्द गरी अनुमति रद्द गर्नेसम्मको काम गर्ने प्रमुख पौडेलले बताए ।

कामपाले चालु आवमा स्वास्थ्य क्षेत्रका लागि ९२ करोड ६६ लाख ४४ हजार रुपैयाँ विनियोजन गरेको छ ।
रासस/फाइल फोटो


-->

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि दुर्व्यवहार र आक्रमण गर्नेमाथि कडा कारबाही

काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा नाम मुछिएका पूर्वप्रधानमन्त्रीद्धय डा.

बेइजिङ । चीन, दक्षिण कोरिया र जापानका शीर्ष नेताबीच यथासक्य चाँडो शिखर वार्ता हुनेभएको

येरेभान । नागोर्नो काराबाखमा सोमबार इन्धन डिपो विष्फोट हुँदा २० जनाले ज्यान गुमाएका छन्

बेइजिङ । चीनका विदेशमन्त्री वाङ यीले आगामी नोभेम्बरमा संयुक्त राज्य अमेरिकामा हुने एशिया–प्रशान्त आर्थिक