
काठमाडौं । एसिया कपमा नेपाल र भारतबिचको खेल जारी रहँदा पानी परेपछि खेल फेरि रोकिएको छ ।
नेपालले दिएको २ सय ३१ रनको लक्ष्य पछ्याएको भारतले २.१ ओभरको खेल जारी रहँदा पानी परेपछि खेल रोकिएको हो ।
२.१ ओभरमा भारतले विना विकेटको क्षति १७ रन बनाएको छ ।
ओपनर तथा कप्तान रोहित शर्मा ४ र शुभमन गिल ११ रनमा नटआउट छन् ।
मौसम बिग्रिएपछि आजको खेल प्रभावित भइरहेको छ । यसअघि वर्षाकै कारण दुइ पटक कभर बोलाएर पनि फिर्ता पठाइएको थियो ।
वि.सं.२०८० भदौ १८ सोमवार २१:२९ मा प्रकाशित