back
CTIZAN AD

नेपालले दियो भारतलाई २३१ रनको चुनौती

वि.सं.२०८० भदौ १८ सोमवार

936 

shares

काठमाडौं । एसिया कप क्रिकेटमा नेपालले भारतलाई २३१ रनको चुनौती दिएको छ । सोमबार श्रीलंकाको कान्डीस्थित पालकेले क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भारतलाई २३१ रनको चुनौती दिएको हो ।

१० बल बाँकी हुँदा अलआउट भएको नेपालले २३० रन बनायो । पहिलो विकेटका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेखले ९.५ ओभरमा ६५ रनको साझेदारी गर्दै नेपाललाई सानदार सुरुवात दिलाएका थिए ।

ओपनर कुशल भुर्तेल ३८ रनमा सार्दुल ठाकुरको बलमा विकेट किपर इशान किसानको हातबाट क्याच आउट भए ।

२५ बलको सामना गरेका कुशलले ३ चौका र २ छक्का प्रहार गरे । पावर प्लेमा नेपालले एक विकेटको क्षतिमा ६५ रन बनाएको थियो ।

९७ बलको सामना गरेका आशिफले ८ चौका मद्दतमा ५८ रन बनाउँदा मोहम्मद सिराजको बलमा विराट कोहलीको हातबाट क्याच आउट भए ।

गुलसन झाले २३ रन थपे । ३५ बलको सामना गरेका गुलसन ३ चौका प्रहार गर्दा सिराजकै बलमा इसान किसानको हातबाट क्याच आउट भए ।

सातौं विकेटका लागि अलराउण्डर दिपेन्द्र सिंह ऐरि र तिव्र गतिका बलर सोमपाल कामीले ५० रनको साझेदारी गरे। दिपेन्द्र २९ रन बनाउँदा रविन्द्र जडेजाको बलमा एलबीडब्लु धरापमा परे ।

२५ बलको सामना गरेका दिपेन्द्रले ३ चौका हाने ।

आठौं विकेटका लागि सोमपाल कामी र सन्दीप लामिछानेले ३४ रनको साझेदारी गरे। सोमपाल भारतविरुद्ध अर्धशतक नजिक पुगेर आउट भए ।

५६ बलमा १ चौका र २ छक्का हानेका सोमपाल मोहम्मद सामीको बलमा विकेट किपर इशान किसानको हातबाट क्याच आउट भए ।

सन्दीप लामिछाने ९ रनमा रनआउट भए । करण केसीसँग तालमेल नमिल्दा सन्दीप रनआउट हुन पुगेका थिए । तेस्रो क्रममा आएका भीम सार्की ७ रनमा रविन्द्र जडेजाको बलमा बोल्ड आउट भए । रोहित पौडेल ५ तथा कुशल मल्ल २ रनमा क्याच आउट भए ।

करण केसी २ रनमा नटआउट रहे । ललित रावंशी शून्यमै बोल्ड भए ।

भारतका रविन्द्र जडेजा एक्लैले तिन विकेट लिए । १० ओभर बलिङ गरेका जडेजाले ४० रन खर्चे ।

मोहम्मद सिराजले तिन विकेट आफ्नो नाममा गरे। सार्दुल ठाकुर, हार्दिक पाण्डेय र मोहम्मद सामीले समान १/१ विकेट झारे। कुलदिप यादवले १० ओभरमा २ मेडन राख्दै ३४ रन खर्चिदा विकेटविहीन रहे ।

भारतले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

वि.सं.२०८० भदौ १८ सोमवार २०:१७ मा प्रकाशित

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती । कावासोती खानेपानी तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि...

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रगति ढकाल, काठमाडौँ । सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ...

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...