back

भारतीय नायक बने वाइवाइका ब्राण्ड एम्बेसडर

वि.सं.२०८० भदौ २० बुधवार

561 

shares

काठमाडौं । भारतीय नायक अभिनेता आयुष्मान खुरानालाई सिजि कर्प ग्लोबल अन्तर्गतको सीजी फुड्सले भारतमा आफ्नो उत्पादन वाइवाइ चाउचाउको ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ ।

सिजी कर्प ग्लोबल इन्डियाका प्रबन्ध निर्देशक वरुण चौधरीसंग मित्रवत सम्बन्ध रहेका अभिनेता आयुष्मानले आफू ब्राण्ड एम्बेसडर नियुक्त भएपछि विश्व बजारमा बेग्लै छाप बनाइरहेको नेपाली उत्पादनसँग व्यवसायिक सहकार्य गर्न पाउँदा खुशि लागेको बताएका छन् । प्रबन्ध निर्देशक वरुण चौधरीले पनि बलिउड स्टार खुरानासँग सहकार्य गर्न पाउँदा खुशि लागेको जारी विज्ञप्तिमा उल्लेख छ ।

चौधरीले भने, ‘असाध्यै छोटो समयमा खुरानासँग सहकार्य गर्ने निर्णय भयो । मलाई विश्वास छ खुरानासँगको सहकार्यले ब्राण्डलाई अझै उचाइमा लैजान मद्दत पुग्नेछ ।’

आयुष्मान पछिल्लो समय बलिउड फिल्म ‘ड्रिमगर्ल २’लाई लिएर चर्चामा छन् । यो फिल्म भारतीय बक्सअफिसमा करोड क्लबमा प्रवेश गर्ने तयारीमा छ भने नेपालमा समेत सुखद कमाइ गरिरहेको छ । स्वाभाविक र जीवन्त अभिनयका लागि उनलाई लगातार दुई पटक सर्वश्रेष्ठ अभिनेताको लागि फिल्मफेयर क्रिटिक्स पुरस्कार र उनले सर्वश्रेष्ठ अभिनेताको लागि राष्ट्रिय चलचित्र पुरस्कार पनि जितेका थिए।

अभिनयको अतिरिक्त, खुरानाले आफ्ना धेरै चलचित्रहरूका लागि पनि गीत गाएका छन्, जसमा ‘पानी दा रङ’ गीत समावेश छ, जसले उनलाई सर्वश्रेष्ठ पुरुष पार्श्वगायकको लागि फिल्मफेयर पुरस्कार दिलाएको थियो । ’विकी डोनर’ बाट एकै पटक स्थापित आयुष्मान ले प्रेमलीला, ’दम लगा के हईशा’ (सन् २०१५) मा अभिनय गरेका थिए ।

खुरानाले हास्य ’बरेली की बर्फी’ (सन् २०१७), शुभ मङ्गल सावधान’ (सन् २०१७), ’बधाई हो’ (सन् २०१८), ’ड्रिम गर्ल’ (सन् २०१९), र ’बाला’ (सन् २०१९); थ्रिलर ’अन्धाधुन’ (सन् २०१८); र ’आर्टिकल १५’ (सन् २०१९) सँग आफूलाई स्थापित गरेका थिए।

वि.सं.२०८० भदौ २० बुधवार १२:२५ मा प्रकाशित

Himalayan Life AD
दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको यस्तो छ व्यापार

दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको यस्तो छ व्यापार

काठमाडौँ । दसैँको अवसर पारेर फूलपाती अर्थात् यही असोज १३...

दसैँका अवसरमा प्रदर्शन भएका यी तीन चलचित्र : कस्ले कति कमाए त ?

दसैँका अवसरमा प्रदर्शन भएका यी तीन चलचित्र : कस्ले कति कमाए त ?

काठमाडौँ । दसैँको अवसर पारेर फूलपाती अर्थात् यही असोज १३...

दसैँका अवसरमा तीन चलचित्र, फुलपातीको दिनदेखि देशैभरी प्रदर्शन

दसैँका अवसरमा तीन चलचित्र, फुलपातीको दिनदेखि देशैभरी प्रदर्शन

काठमाडौँ । दसैँ लक्षित गर्दै तीन नेपाली चलचित्र ‘हरिबहादुरको जुत्ता’,...

‘चौथो काव्य म्युजिक अवार्ड – २०८२’ बाट खनालसहित दर्जनौ कलाकार सम्मानित

‘चौथो काव्य म्युजिक अवार्ड – २०८२’ बाट खनालसहित दर्जनौ कलाकार सम्मानित

चेतनारायण बेल्बासे, काठमाडौ । गीत, संगीत र साहित्यलाई एकसाथ जोड्ने...

चलचित्र ‘बलिदान’को ‘ट्रेलर’ सार्वजनिक

चलचित्र ‘बलिदान’को ‘ट्रेलर’ सार्वजनिक

काठमाडौँ । चलचित्र ‘बलिदान’ को ‘ट्रेलर’ आज सार्वजनिक गरिएको छ...