back
CTIZAN AD

त्यसैले माओवादी आतंककारी हो !

वि.सं.२०८० भदौ २० बुधवार

2K 

shares

गाउँमा लुगा सिलाउने दलबहादुर नेपालीको श्रीमती
वर्षको ४ पाथी धानमा
यो समाजले दमिनी बनाएको थियो ।
तिनीलाई दमिनी नै रहन दिनु पर्ने,
तर माओवादीको समावेशी एजेन्डाले
दलित महिला वडा सदस्य बनायो
त्यसैले माओवादी आतंककारी हो !

जमिनदारको घरमा जुठो भातका निम्ति
कमैया भएर जीवन बिताइरहेकी महिला
यो समाजले थरुनी बनाएको थियो ।
तिनीलाई थरुनी नै रहन दिनुपर्ने,
तर माओवादी समानुपातिक एजेन्डाले
समानुपातिक संसद बनायो
त्यसैले माओवादी हत्यारा हो !

सामन्तहरुले आफ्नो यौन चहाना पूरा गर्न
बनाएको बादी समुदायकी
ती युवतीले सामन्तहरुको
यौन प्यास नै पूरा गर्दिएर बस्नु पर्ने,
तर माओवादी कोटा प्रणाली एजेन्डाले
उनलाई खरिदार र सुब्बा सम्म बनायो
त्यसैले माओवादी आतंककारी हो !

सामन्तहरुले आफ्नो खेत जोत्न
बर्षको ४ पाथि धानमा हली बनाएको ती
जनजातिको छोरा जसलाई
यो समाजले हलि बनाएको थियो ।
उनलाई हली नै रहन दिनु पर्ने,
तर माओवादीकाे समानुपातिक र समावेशी एजेन्डाले
उनलाई मन्त्री सम्म बनायो
त्यसैले माओवादी हत्यारा हो !

मधेसमा जमिन्दारको घरमा
बिहान बेलुकीको खानामा भैंसी चराउने
जसलाई यो समाजले “अहिर” बनाएको थियो ।
उनलाई ‘अहिर” नै रहन दिनु पर्ने,
माओवादी एजेन्डाले गणतन्त्र ल्यायो
र देशको राष्ट्रपति सम्म बनायो ।
त्यसैले माओवादी आतंककारी हो !

वि.सं.२०८० भदौ २० बुधवार १२:२६ मा प्रकाशित

के “गौथली” साँच्चिकै सुपरहिट चलचित्र हो?

के “गौथली” साँच्चिकै सुपरहिट चलचित्र हो?

म चलचित्र समीक्षक होइन। कलाकार, निर्देशक, निर्माता वा चलचित्र उद्योगसँग...

भट्टराईको निर्वासन : विचार, इतिहास र आत्मअनुभवको संगम

भट्टराईको निर्वासन : विचार, इतिहास र आत्मअनुभवको संगम

लोककृष्ण भट्टराई नेपाली वाम आन्दोलनका पुराना नेता, पत्रकार तथा लेखकका...

कविता : तीजकी श्रीमती

कविता : तीजकी श्रीमती

हिरा भट्ट ' बदमास नम्बर दुई ` पञ्चेश्वर-६,बिजुल,बैतडी खट्टे खा...

झिल्का कविता

झिल्का कविता

बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो) कनकाई नगरपालिका ४ झापा १. सपना...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची, हाल : ललितपुर विगत जस्तै आज पनि...

गजल

गजल

सुधिर थापा कुपण्डोल , काठमाडौँ पीडा जहाँ मेरो अपार हुन्छ...