डडेल्धुरा । डडेल्धुरामा एक वडा सचिव मृतावस्थामा भेटिएका छन् । जिल्लाको अमरगढी नगरपालिका-१ का सचिव खगेन्द्रप्रसाद पन्त मृत फेला परेका हुन् । ५८ वर्षीय पन्तको घर बैतडीको पाटन नगरपालिका-२ हो ।
अमरगढी नगरपालिकाकै स्याउले नजिक उनी खाल्डोमा मृत भेटिएका हुन् । पन्तको से५प २८०३ नम्बरको मोटरसाइकल पनि खाल्डोमै भेटिएकाले सडक दुर्घटनामा मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक कुसुम नायकले बताए ।
पन्तको शव अहिले डडेल्धुरा अस्पतालमा लगिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पन्त यस अगाडि अमरगढी -१० का सचिव थिए ।
रासस
वि.सं.२०८० भदौ २६ मंगलवार १०:२४ मा प्रकाशित






























