back
CTIZAN AD

सोलु हाइड्रोको आईपीओ बिक्री खुला

वि.सं.२०८० भदौ २९ शुक्रवार

744 

shares

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले आज भदौ २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि ६ लाख २१ हजार १ सय ७२ कित्ता शेयर निष्काशन गरेको हो ।

यस निष्काशनमा असोज २ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको आवेदन दिन सकिने छ । शेयर निष्कासनको लागि एनआईसी क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

कम्पनीले यस अघि नै आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि निष्कासन गरिएको शेयर बाँडफाँड गरिसकेको छ ।

कम्पनीले सोलुखुम्बु जिल्लाको साविक सल्लेरी गाविसमा ९.५ मेगावाट क्षमताको मध्य सोलुखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७९ पुस १५ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ । आयोजना प्रति मेगावाट लागत २१ करोड ९३ लाख रहेको छ भने कुल लागत २ अर्ब ८ करोड रहेको छ ।

कम्पनीले यस अघि भदौ २८ गतेदेखि शेयर निष्कासन गर्ने जनाएकोमा सो दिन सार्वजनिक विदा परेकोले शेयर निष्कासन मिति एक दिन पछि सरेको हो ।

वि.सं.२०८० भदौ २९ शुक्रवार १२:०४ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...