back
CTIZAN AD

संविधान दिवसका अवसरमा प्रदान गरिने पदक वितरण नगर्ने सरकारको निर्णय

वि.सं.२०८० भदौ २९ शुक्रवार

627 

shares

काठमाडौं । सरकारले संविधान दिवसका अवसरमा प्रदान गरिने पदक वितरण नगर्ने निर्णय गरेको छ ।

सूचना सञ्चार तथा प्रविधि मन्त्री रेखा शर्माले यसबारेमा जानकारी दिँदै विभूषण वितरण कार्यलाई मर्यादित र थप व्यवस्थित गर्ने तथा विभूषणको गरिमा बढाउनका लागि संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट प्रदान गरिने विभूषण वितरण यसपटक स्थगित गर्ने निर्णय भएको जानकारी दिइन् ।

विभूषण वितरण कार्यलाई मर्यादित एवं थप व्यवस्थित गरी विभूषणसम्बन्धी प्रचलित कानुनसमेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्ने गरी कार्यदल गठन गरिने समेत मन्त्री शर्माले जानकारी दिइन् ।

त्यसैगरी नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने तथा आमाको नामबाट नागरिकता पाउनुपर्ने नेपाली नागरिकको हक र गैर आवासीय नेपालीलाई प्रदान गरिने नागरिकताको विषय समेत कार्यान्वयन हुने गृहमन्त्रालयले जनाएको छ ।

 

 

 

वि.सं.२०८० भदौ २९ शुक्रवार २०:४९ मा प्रकाशित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

काठमाडौँ । असार २०८३ का लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको...

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

  काठमाडौं । फोहोर नि:शुल्क, सशुल्क, न्यूनीकरण, सिर्जनात्मक पुन: चक्रीय...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...