back
CTIZAN AD

‘संविधानलाई आवश्यक परिमार्जनबाट थप स्वीकार्य बनाउन सकिन्छ’

वि.सं.२०८० असोज ३ बुधवार

807 

shares

काठमाडौँ । सुशील कोइराला मेमोरियल फाउन्डेसनले सबै वर्ग, समुदाय र क्षेत्रको भावनालाई प्रतिबिम्वित गर्ने वर्तमान संविधानलाई आवश्यक परिमार्जनबाट थप स्वीकार्य बनाउन सकिनेमा जोड दिएको छ ।

नेपालको संविधान, २०७२ निर्माण भएको नवौँ वर्ष प्रवेश एवं राष्ट्रिय दिवसका अवसरमा फाउन्डेसनले आज जारी गरेको विज्ञप्तिमा संविधानसभाबाट प्राप्त ऐतिहासिक तथा विश्वकै लागि उदाहरणीय बनेको नेपालको संविधानको संरक्षणबाट नै सबै नेपालीको अधिकार र पहिचान स्थापित हुने उल्लेख छ ।

जननिर्वाचित प्रतिनिधिबाट आफ्नो संविधान बनाउने नेपाली जनताको सात दशक लामो अभिलाषा र सङ्घर्षको परिणामस्वरूप २०७२ असोज ३ गते संविधानसभाबाट वर्तमान संविधान प्राप्त भएको हो । विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनपछि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा नेपालमा संविधानसभाबाट पहिलोपटक संविधान जारी भएको थियो ।

कठिन परिस्थितिको सामना गरेर नेपाली जनताले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनाएको र वर्तमान समावेशी संविधान नेपाली जनताको भावना समेट्ने उदार पृष्ठभूमिमा तयार भएकाले देशको हित र जनताको उन्नतिभन्दा ठूलो अर्को कुनै लक्ष्य नलिई काम गर्नुपर्नेमा फाउन्डेसनका अध्यक्ष एवं नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइराला र सदस्यसचिव अतुल कोइरालाले आज जारी गर्नुभएको विज्ञप्तिमा जोड दिइएको छ ।

संविधानको पालना र कार्यान्वयन गर्न राज्यका सबै अङ्गले निष्पक्ष र न्यायपूर्ण भूमिका खेल्ने विश्स फाउन्डेसनले व्यक्त गरेको छ । सबै मिलेर संविधानप्रति जनताको विश्वासलाई प्रगाढ बनाउनुपर्नेमा उनीहरुले जोड दिएका छन् । संविधान कार्यान्वयनमा सरकार, राजनीतिक दल, नागरिक समाज र नेपाली जनताको सकारात्मक भूमिका रहने विश्वास पनि फाउन्डेसनले लिएको छ । शान्ति, स्थिरता, लोकतन्त्र र विकासलाई जोड दिएर अघि बढ्नुपर्नेमा विज्ञप्तिमा जोड दिइएको छ ।

 

वि.सं.२०८० असोज ३ बुधवार १२:१५ मा प्रकाशित

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य एवं...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

मन्त्री वादी र सांसद प्रसाईंबीच छलफल

मन्त्री वादी र सांसद प्रसाईंबीच छलफल

काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं। नेपाल प्रिमियर लिग ९एनपीएल० टोली सुदूरपश्चिम रोयल्स र मार्भल...

मिटरब्याजका फर्जी लिखत अवैध, पोखरा-भैरहवा उडानमा शुल्क छुट

मिटरब्याजका फर्जी लिखत अवैध, पोखरा-भैरहवा उडानमा शुल्क छुट

काठमाडौँ। सरकारले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय...

अमेरिकी दूतावासको सुझाव – आफ्नो आवेदन आफैं भर्नुहोस्

अमेरिकी दूतावासको सुझाव – आफ्नो आवेदन आफैं भर्नुहोस्

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा ठगीका घटनाप्रति सचेत रहन...