back
CTIZAN AD

नमस्ते पेको ‘नयाँ प्रयोगकर्ताका लागि नयाँ अभियान’ सुरु

वि.सं.२०८० असोज ३ बुधवार

1.2K 

shares

काठमाडौं । नमस्ते पेले ‘नयाँ प्रयोगकर्ताका लागि नयाँ अभियान’ सुरु गरेको छ । कम्पनीले सबै प्रयोगकर्ताहरुलाई एउटै छानामा समावेश गर्ने उद्देश्यका साथ आउदै गरेको चाडपर्व लाई लक्षित गर्दै नयाँ प्रयोगकर्ताका लागि नयाँ अभियान सुरु गरेको हो ।

जस अन्तर्गत नमस्ते पे एप डाउनलोड गरि पूर्ण केवाइसी दर्ता गर्ने नयाँ प्रयोगकर्ताहरूले रु ५० प्राप्त गर्ने कम्पनीले जनाएको छ । यो अभियान असोज १ गतेदेखि १५ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार नमस्ते पे एप डाउनलोड गरी पूर्ण केवाइसी दर्ता गर्ने नयाँ प्रयोगकर्ताहरूले तुरुन्तै आफ्नो मुख्य वालेटमा रु ५० प्राप्त गर्नेछन् । प्रयोगकर्ताहरूले कुनै पनि लेनदेनमा रु ५० को पुरस्कृत रकम प्रयोग गर्न सक्छन् । प्रयोगकर्ताहरूले मूल कागजातहरूको फोटो अपलोड गरेर केवाइसी प्रमाणित गर्नु पर्नेछ । कागजातहरू नागरिकता, राहदानी, लाइसेन्स र मतदान कार्ड मध्ये कुनै एक हुनु पर्नेछ ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

वि.सं.२०८० असोज ३ बुधवार १२:०६ मा प्रकाशित

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं। नेपाल प्रिमियर लिग ९एनपीएल० टोली सुदूरपश्चिम रोयल्स र मार्भल...

नबिल बैंकद्वारा ’भ्वाइस पेमेन्ट नोटिफिकेसन’ डिभाइस सार्वजनिकः क्युआर भुक्तानीको पुष्टि अब आवाजमै

नबिल बैंकद्वारा ’भ्वाइस पेमेन्ट नोटिफिकेसन’ डिभाइस सार्वजनिकः क्युआर भुक्तानीको पुष्टि अब आवाजमै

काठमाडौँ । नबिल बैंकले डिजिटल भुक्तानी प्रणालीलाई थप सहज, सुरक्षित...

अण्डाको मूल्य बढ्यो, किसानको लागत भने बढेन

अण्डाको मूल्य बढ्यो, किसानको लागत भने बढेन

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ  । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोगः अंग्रेजी भाषा शिक्षणको भविष्यबारे क्षेत्रीय सम्वाद आयोजना

हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोगः अंग्रेजी भाषा शिक्षणको भविष्यबारे क्षेत्रीय सम्वाद आयोजना

काठमाडौं । ब्रिटिस काउन्सिलको आयोजनामा हुन लागेको अनलाइन सम्मेलनमा सिर्जनशीलता,...

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेपालका सातवटै प्रदेशका लागि ’प्रदेश...