back

टाटा मोटर्सले ल्यायो नयाँ शोरुम संचालनमा

वि.सं.२०८० असोज ६ शनिवार

168 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

काठमाडौं । टाटा मोटर्सले आफ्ना उत्पादन विक्री वितरणका लागि भरतपुमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गको भरतपुरका लागि आधिकारिक वितरक एसएच मोटर्सले शुक्रबार देखि शोरुम सञ्चालनमा ल्याएको हो । भरतपुरको रिजाल चोकमा अवस्थित रहेको ३,५०० वर्गफिट क्षेत्रफलमा फैलिएको एसएच मोटर्समा टाटा मोटर्सका सम्पूर्ण रेन्जका कारहरु उपलब्ध हुने कम्पनीले जनाएको छ ।

सो कार्यक्रममा नेपालमा भर्खरै सार्वजनिक गरिएका टाटा पन्च र टियागो इभी नामक दुई नँया गाडीहरुको विक्रि वितरण भरतपुरमा सुरु भएको छ । कार्यक्रममा सिप्रदीको तर्फबाट पेसेन्जर सेगमेन्ट गाडीका प्रमुख सावन्त जङ्ग सिजापति र एसएच मोटर्सका व्यवस्थापकीय प्रमुख निर्देशक शर्मिला सेढाइको उपस्थिति रहेको थियो ।

शोरुमको उद्घाटन समारोहमा बोल्दै सावन्त जङ्ग सिजापतिले भने, “टाटा मोटर्सका लागि महत्पूर्ण मानिएको भरतपुर बजारमा यस प्रकारको उच्चस्तरीय शोरुम सञ्चालनले कम्पनीको ग्राहकलाई उच्च सुविधा दिने हाम्रो प्रयत्नलाई सबल बनाएको छ । ग्राहकको सन्तुष्टि हाम्रो उच्च प्राथमिकता हो र सिप्रदी ट्रेडिङ्ग र एसएच मोटर्सको नेतृत्वमा यस शोरुमको सञ्चालनले यस क्षेत्रमा विक्री, सेवा र ग्राहक सन्तुष्टिको पाटोमा नयाँ आयाम आउने कुरामा हामी विश्वस्त छौं ।”

एसएच मोटर्सकाका व्यवस्थापकीय प्रमुख निर्देश सेढाइले कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गर्दै टाटाको नयाँ शोरुम खोल्न पाउँदा र ग्राहकलाई उच्च स्तरको सेवा स्थनीय स्तरमै दिन पाउदा आफू खुशी भएको बताए ।

कम्पनीका अनुसार समुच्च जिपट्रन प्रविधिले सुसज्जित टियागो इभी पाँच स्तम्भहरुमा उभिएको छ र ति हुन् कार्य कुशलता, प्रविधि, विश्वास, चार्जिङ्ग र आराम अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प जस्ता विशेषताहरु यसमा छन् । यो गाडीको इन्टेरिएर र एक्स्टेरिएर दुवैको बनावट पनि उत्कृष्ट एवं आकर्षक छ ।

त्यसैगरी, टाटाको “न्यु फरेभर” रेञ्ज अन्तर्गतको पन्चको चार आधारस्तम्भहरु हुन् मनमोहक डिजाइन, विशेष कार्यक्षमता, फराकिलो इन्टेरिएर र पूर्ण सुरक्षा र पन्च हाल भारतीय बजारमा सबैभन्दा बढी विक्री भइरहेको सब कम्प्याक्ट एसयुभी रुपमा पनि परिचित भएको कम्पनीले जनाएको छ ।

यी दुई गाडीहरुले चितवनका ग्राहकहरुको मन र मष्तिस्कमा अमित छाप छोड्ने टाटा मोटर्सको नेपालस्थित एक मात्र अधिक्तित विक्रेता सिप्रदीले विश्वास लिएको छ ।

वि.सं.२०८० असोज ६ शनिवार १५:३२ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, डलर बढ्यो, यस्तो छ अन्य मुद्राको मूल्य

आजको बजारमा विदेशी मुद्राको भाउ, डलर बढ्यो, यस्तो छ अन्य मुद्राको मूल्य

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकद्वारा भैरहवाको बृद्धाश्रमलाई सहयोग

सिटिजन्स बैंकद्वारा भैरहवाको बृद्धाश्रमलाई सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

पशुपति क्याम्पसमा ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर

पशुपति क्याम्पसमा ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर

  काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँ महानगरपालिका वडा...

आइएमई पेको ‘स्मार्ट हेल्थ-सुरक्षित भव’ नामक नयाँ बीमा सुबिधा सार्वजनिक

आइएमई पेको ‘स्मार्ट हेल्थ-सुरक्षित भव’ नामक नयाँ बीमा सुबिधा सार्वजनिक

काठमाडौं । आइएमई पेले आइजीआई प्रुडेन्शियल इन्स्योरेन्स सँगको सहकार्यमा ‘स्मार्ट...

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

उच्च अङ्कले घट्यो नेप्से

उच्च अङ्कले घट्यो नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...