back
CTIZAN AD

निरन्तर ओरालोमा वैदेशिक व्यापार, किन तङ्ग्रिन सकेन अर्थतन्त्र

वि.सं.२०८० असोज ८ सोमवार

1.2K 

shares

काठमाडौं । नेपालको बैदेशिक व्यापार अघिल्लो वर्षको भन्दा घटेको छ । भन्सार विभागले आइतबार प्रकाशित गरेको तथ्याङ्कमा त्यस्तो देखिएको हो ।

विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९/८० को भदौको तुलनामा चालु आर्थिक वर्षको भदौमा बैदेशिक व्यापारमा ५.३२ प्रतिशतले ह्रास आएको छ ।

गत वर्ष साउन र भदौमा नेपालले करिब तीन खर्ब २ अर्बको बैदेशिक व्यापार गरेको थियो । चालु आर्थिक वर्षको सोहि अवधिमा नेपालले करिब दुई खर्ब ८६ अर्ब को मात्र व्यापार गरेको तथ्यांकले देखाएको छ ।

आयात निर्यात घट्दा वैदेशिक व्यापार घट्यो

भन्सार विभागको तथ्याङ्कले आयात तथा निर्यात घटेका कारण बैदेशिक व्यापारमा समेत असर गरेको देखाएको छ । यो वर्ष आयातमा झण्डै पाँच प्रतिशत र निर्यातमा झण्डै आठ प्रतिशतले गिरावट आएको छ ।

त्यस्तै वैदेशिक व्यापारमा ह्रास आउँदा व्यापार घाटासमेत कम भएको छ । गत वर्षकोभन्दा व्यापार घाटा ४.७४ प्रतिशतले घटेको हो ।

गतवर्ष साउन र भदौमा नेपाललाई करिब २ खर्ब ४४ अर्ब व्यापार घाटा भएकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा करिब दुई खर्ब ३३ अर्ब मात्र व्यापार घाटा भएको छ ।

पछिल्लो चार वर्षका पहिलो दुई महिनाको आयात निर्यातकाे परिदृष्य

आर्थिक वर्ष २०७७/७८ को भदौमा बैदेशिक व्यापार १९.६४ प्रतिशतले घटेको थियो । त्यो बेला आयातमा २२.०७ प्रतिशतले कमि आउँदा निर्यात भने १०.४९ प्रतिशतले घटेको थियो । त्यस्तै व्यापार घाटामा १९.६४ प्रतिशतले कमि आएको थियो ।

त्यस्तै आर्थिकवर्ष २०७८/७९ को भदौमा वैदेशिक व्यापार ७९.९२ प्रतिशतले बढेको थियो । सो वर्ष आयात ७५.८६ प्रतिशतले बढ्दा निर्यात ११५.४३ प्रतिशतले बढेको थियो । सो वर्ष व्यापार घाटा पनि ७०.७५ प्रतिशतले बढेको थियो ।

आर्थिक वर्ष २०७९/८० को भदौमा बैदेशिक व्यापार १५.७० प्रतिशतले घटेको थियो । सो वर्ष आयातमा १३.०१ प्रतिशतले कमि आउँदा निर्यात भने ३४.८८ प्रतिशतले घटेको थियो । त्यस्तै व्यापर घाटामा ९.४५ प्रतिशतले कमि आएको थियो ।

आर्थिक वर्ष २०८०/८१ को भदौमा वैदेशिक व्यापार ५.३२ प्रतिशतले घटेको छ । यो वर्ष आयातमा ५.०६ प्रतिशतले कमि आउँदा निर्यात भने ७.७९ प्रतिशतले घटेको छ । आयात र निर्यातमा कमि आउँदा यो वर्ष व्यापार घाटामा पनि ४.७४ प्रतिशतले कमि आएका छ ।

किन घट्यो बैदेशिक व्यापार ?

सरकारले अर्थतन्त्र पुरानै लयमा फर्किन लागिरहेको बताइरहँदा नेपालको बैदेशिक व्यापारमा भने गिरावट आएको छ । अर्थतन्त्रमा मन्दि देखिएको तथा वैदेशिक मुद्रा संचितिमा कमि आएको भन्दै सरकारले गतवर्ष कतिपय बस्तु तथा सेवा आयातमा प्रतिबन्ध लगाएको थियो । त्यस्तो अवस्था रहँदा पनि वैदेशिक व्यापार भने सकारात्मकै रहेको थियो । तर चालु आर्थिक वर्षको पहिलो दुई महिनाको तथ्याङ्कमा बैदेशिक व्यापारमा थप गिरावट देखिएको छ ।

अर्थविद्हरुले अर्थतन्त्रमा समस्या देखिनुमा चालु पूँजी कर्जामा राष्ट्र बैंकले गरेको कडाई नै मुख्य भएको बताएका छन् ।

पूर्व अर्थसचिव रामेश्वर खनालले कोभिड पछाडीको एक वर्ष बाहेक नेपालको बैदेशिक व्यापार निरन्तर ऋणात्मक रहेको बताएका छन् । उनका अनुसार आयातमा आधारित हाम्रो अर्थतन्त्रमा वस्तु तथा सेवाको आयतले ठूलोे अर्थ राख्छ । पछिल्ला वर्षहरुमा राष्ट्र बैंकले चालु पूँजी कर्जामा कडाइ गर्दा त्यसको असर वस्तु तथा सेवाको आयातमा परेको कारण वैदेशिक व्यापारसमेत घटेको खनालको भनाई छ ।

गत वर्ष दुईवटा कारणले आयत कम भएको खनालको भनाइ छ । खनालका अनुसार कर्जा प्रवाह कम भएर, व्यवसायीहरुले पहिलेनै स्टक भरिसकेका कारण तथा गत चैत्रसम्म सरकारले अर्थतन्त्रलाई नियन्त्रणमा नै राखेका कारण बस्तु तथा सेवाको आयतमा कमी आएर बैदेशिक व्यापारमा ह्रास आएको हो ।

“मुलतः दुईवटा कारणले आयत बढ्न सकेको छैन,” खनालले भने “पहिलो बैंक तथा वित्तिय संस्थाहरुले खुल्ला दिलले अझै पनि व्यापरमा लगानी कम गरेका कारण र राष्ट्र बैंकले चालु पूँजी कर्जामा नियन्त्रण कायमै राखेका कारण ।”

चालु पूँजी कर्जाको ठूलो हिस्सा आयतमानै खर्च हुने उनको भनाइ छ ।

“नेपाल राष्ट्र बैंकले चालु पूँजी कर्जाको सिमा कायम गरिदियो,” खनालले भने, “जसका कारण पनि सिमाभन्दा बढी पहिले नै कर्जा लिइसकेका व्यसायीहरुले थप कर्जा निकाल्न सकेनन् र अर्थतन्त्र चलायमान हुन सकेन ।”

वि.सं.२०८० असोज ८ सोमवार १७:१७ मा प्रकाशित

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

पर्वत । यहाँको मोदी गाउँपालिकाले घर छाउन, आँगनमा बिछ्याउन वा...

मेला हेर्न गएका बालकको डुबेर मृत्यु, अर्काको खोजी जारी

मेला हेर्न गएका बालकको डुबेर मृत्यु, अर्काको खोजी जारी

सिद्धार्थनगर (भैरहवा) । मोहर्रम पर्वका अवसरमा रूपन्देहीको रोहिणी गाउँपालिका–१ गुजरपुरवास्थित...

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...