
काठमाडौं । पछिल्लो समय विभिन्न सामाजिक संजालमार्फत् चिठ्ठा परेको र पार्सल पठाएको भनेर आउने फोन र म्यासेजबाट सर्तक रहन प्रहरीले अनुरोध गरेको छ ।
प्रहरीले फेसबुक, भाइबर, इमो, ह्वाट्सएप, इन्स्टाग्राम, टिकटक जस्ता सामाजिक संजालमार्फत् विभिन्न उपहार तथा पार्सल पठाएको, चिठ्ठा परेको, बैंक तथा वालेटको कर्मचारी हुँ भनि ओटिपी कोड माग्ने, डलर देखाइ नेपाली पैसा साट्ने, विदेश पठाउने÷बोलाउने बहानामा ठगी बढिरहेको भन्दै यसप्रति सजग रहन अनुरोध गरेको हो ।
यस्ता झुटा आश्वासन र प्रलोभन युक्त गैरकानुनी कार्यबाट सावधन रहन साथै यस्ता प्रकृतिका अपपराधबााट बच्नका लागि व्यक्तिगत ओटिपी कोड, पिनकोड जस्ता सेक्युरेटी कोडहरु कोही कसैलाई नदिन समेत प्रहरीले अनुरोध गरेको छ ।
वि.सं.२०८० असोज ९ मंगलवार १४:१७ मा प्रकाशित