back
CTIZAN AD

एनसेलद्वारा ‘पर्पल किकअफ’ फुटबल खेल आयोजना

वि.सं.२०८० असोज ९ मंगलवार

1.4K 

shares

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा काठमाडौंको लैनचौर खेलमैदानमा ‘पर्पल किकअफ’ मैत्रिपूर्ण फुटबल खेल आयोजना गरेको छ । यस अन्तर्गत शनिबार र आइतबार गरि चार खेलहरु भएका थिए ।

एनसेल आफ्नो नयाँ यात्रा सुरु गर्दै गर्दा कम्पनीको ब्रान्ड वाचा ‘आज, भोलि, सधैं सँगै’ अन्तर्गत रहि वार्षिकोत्सवको थिम ‘हामी तपाईंकै लागि’ अनुरुप सेभेन ए साइड फुटबल मैदानमा यी खेलहरु आयोजना गरिएका हुन् । एनसेल आफ्नो सिद्धान्तमा केन्द्रित रहि नेपाल र नेपालीकै लागि निरन्तर गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ ।

पर्पल किकअफमा चर्चित नेपाली कलाकारहरु, भेटरान फुटबल खेलाडीहरु, युवा उद्यमीहरु, खेलकुद पत्रकारहरु र स्थानीय युवा क्लबका खेलाडीहरुको सहभागिताले यस कार्यक्रमलाई विषेश बनाएको थियो ।

गत शनिवार (असोज ६)को पहिलो मैत्रिपूर्ण फुटबल खेल एनसेल टिम ए र नेपाली युवा उद्यमी मञ्चबीच भएको थियो। एनसेल टिमको तर्फबाट एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ पनि खेलेका थिए ।

यो खेलमा एनसेलले १-० को अन्तरले हित हासिल गरेको थियो । एनसेलको तर्फबाट कप्तान प्रज्वल प्रजापतिले गोल गरेका थिए ।

त्यसैगरी शनिवार भएको अर्को आकर्षक खेल भेटरान फुटबल खेलाडी अनिल गुरुङ र विराज महर्जनको टिमबीच भएको थियो । दुवै टिममा विभिन्न चर्चित नेपाली कलाकारहरुको सहभागिता रहेको थियो । कलाकारहरुमा आयुषमान जोशी, जेम्स प्रधान, जितु नेपाल, प्रेस्का उदास, रेमन दास श्रेष्ठ, सन्दिप क्षेत्रि, अमन केसी, समृद्घि राई, त्रिचु राईलगायतका कलाकारहरु रहेका थिए। अनिल गुरुङको टिमले ५-४ को अन्तरले खेल जितेको थियो ।

त्यस्तै आइतबार (असोज ७) सम्पन्न पहिलो खेल एनसेल टिम बी र जनवाचनालय तथा पुस्तकालय, लैनचौर युवा क्लबसँग भएकोे थियो । लैनचौर युवा क्लबसँगको खेलमा क्लबले ४-१ को अन्तरालले जित हासिल गरेको थियो। त्यस्तै आइतबार दोस्रो खेल नेपाल खेलकुद पत्रकार मञ्च र एनसेल टिम सीबीच भएको थियो । कोच अमन अधिकारीको नेतृत्वमा रहेको नेपाल खेलकुद पत्रकार मञ्चले ४-३ गोलको अन्तरालले खेल जितेको थियो ।

‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत १८औं वार्षिकोत्सवको अवसरमा अन्य कार्यक्रमहरुको पनि आयोजना गरिनेछन् । त्यस्ता कार्यक्रमहरुमा मानव विकास सूचकांक न्यून भएका क्षेत्रमा स्वास्थ्य शिविर, रक्तदान र ग्राहकहरुसँग अन्तरक्रिया गर्न सेलिब्रेटीहरुको एनसेल सेन्टरहरुमा भ्रमण लगायत रहेका छन् ।

 

 

वि.सं.२०८० असोज ९ मंगलवार १४:१३ मा प्रकाशित

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

काठमाडौं । नेपालको राष्ट्रिय गल्फ टोलीका खेलाडी राहुल विश्वकर्मा र...

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

काठमाडौं । सातौं इटिटी टेबलटेनिस प्रतियोगिता तथा ४२ औं राष्ट्रिय...

विश्वकप जोगाउन असफल अर्जेन्टिना, मेस्सीको सम्भावित अन्तिम विश्वकप यात्रामा भावुक बने समर्थक

विश्वकप जोगाउन असफल अर्जेन्टिना, मेस्सीको सम्भावित अन्तिम विश्वकप यात्रामा भावुक बने समर्थक

स्पेनसँग १–० गोलअन्तरले पराजित भएपछि अर्जेन्टिनाले विश्वकप उपाधि जोगाउने सपना...