
काठमाडौं । ताप्लेजुङको एक पालिकाकी उपाध्यक्षको बुवाको निधनमा पालिकाभरी शोकविदा दिइएको छ ।
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सूचना नै जारी गरेर उपाध्यक्ष शान्ताकुमारी आङबोहाङका बुवा दिलबहादुर आङबोहाङको निधनमा पालिकाभरी शोकविदा दिइएको हो ।
सो पालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत विक्रम गुरुङले सूचना जारी गर्दै शोकविदा दिइएको जनाएको हो ।
सूचनामा गाउँपालिका कार्यालय, सबै वडा कार्यालय, स्वास्थ्य संस्था र शैक्षिक संस्था बुधबारका लागि बन्द गरिएको उल्लेखछ ।
वि.सं.२०८० असोज १० बुधवार १३:१८ मा प्रकाशित