back

एसियाडमा भाग लिन महिला भलिबल टोली हाङझाओ प्रस्थान

वि.सं.२०८० असोज १० बुधवार

936 

shares

काठमाडौं । हाङझाओ एसियाडमा सहभागी हुन नेपाली राष्ट्रिय महिला भलिबल टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । महिला भलिबल टोलीले पहिलो पटक एसियाडमा सहभागिता जनाउन लागेको हो ।

एसियाडमा नेपाली टोली दक्षिण कोरिया र भियतनाम रहेको समुह सी मा रहेको छ । एसियाली वरीयतामा कोरिया चौथो र भियतनाम छैटौं स्थानमा छन् ।

नेपालले भलिबल इतिहासमा सबैभन्दा शीर्ष वरीयताको टोलीसँग पहिलो पटक खेल्न लागेको हो । नेपाल ८७ औँ वरीयतामा छ ।

समुह चरणको पहिलो खेलमा नेपालले शनिबार भियतनामसँग खेल्नेछ । खेल डेकिङ स्र्पोट्स सेन्टर जिम्न्यासियममा हुनेछ । दोस्रो खेलमा दक्षिण कोरियासँग सोमबार खेल्नेछ । दोस्रो खेल हाङझाओ नर्मल युनिर्भसिटी क्याङक्वीन जिम्न्यासियममा हुनेछ ।

यसअघि घरेलु मैदानमा भएको काभा महिला भलिबल च्यालेन्ज कपमा टोलीबाहिर रहेकी ओपनर स्पाइकर प्रतिभा मालीले एसियन कप खेल्ने टोलीमा पुनरागमन गरेकी छन् ।

वि.सं.२०८० असोज १० बुधवार १५:१९ मा प्रकाशित

Himalayan Life AD
स्टार्टअप वर्ल्डकपका लागि नेपाली टोली अमेरिका प्रस्थान

स्टार्टअप वर्ल्डकपका लागि नेपाली टोली अमेरिका प्रस्थान

  काठमाडौँ । स्टार्टअप वर्ल्डकप, २०२५ को विश्व प्रतिस्पर्धाका लागि...

केभिआर समीट च्यालेन्जको तयारीमा ट्रेलमान्डु

केभिआर समीट च्यालेन्जको तयारीमा ट्रेलमान्डु

काठमाडौँ । ट्रेलमान्डु नेपालको आयोजनामा केभिआर समीट च्यालेन्ज शनिबार सुरु...

नेपालसँग कुवेत पराजित

नेपालसँग कुवेत पराजित

काठमाडौँ । आइसिसी टी ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया...

आइसिसी टी–२०ः नेपाल र कुवेत आमनेसामने

आइसिसी टी–२०ः नेपाल र कुवेत आमनेसामने

काठमाडौँ । तेस्रो पटक ट्वेन्टी–२० विश्वकपमा सहभागी हुने उद्देश्यका साथ...

मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

काठमाडौं । महिला ट्वेन्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको चौथो खेलमा नेपाल विजयी...

टी–२० विश्वकपका निम्ति १५ सदस्यीय टोली घोषणा, यी हुन् खेलाडी

टी–२० विश्वकपका निम्ति १५ सदस्यीय टोली घोषणा, यी हुन् खेलाडी

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल...