back
CTIZAN AD

विदेशी पर्यटकलाई नाकामा स्वागत

वि.सं.२०८० असोज १० बुधवार

1.4K 

shares
दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी हुँदै नेपाल भित्रिने विदेशी पर्यटकलाई नेपाली ढाका टोपी लगाएर स्वागत गर्दै आज कञ्चनपुरमा ४४औँ विश्व पर्यटन दिवस मनाइएको छ ।
गड्डाचौकी नाका हुँदै नेपाल प्रवेश गर्ने विदेशी पर्यटकलाई भीमदत्त नगरपालिका र होटेल व्यवसायी सङ्घ कञ्चनपुरले नाकामा फूलमाला तथा ढाका टोपी लगाएर स्वागत गरेको हो । दिवसका अवसरमा नगर प्रमुख पदम बोगटी र प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले इजरायली नागरिक सियाल र विभानलाई नाकामा स्वागत गरे ।
स्वागत कार्यक्रममा नगरप्रमुख बोगटीले नगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि काम गरिरहेको उल्लेख गरे । “यहाँका पर्यटकिय स्थलहरुको प्रचारप्रसार र विकासमा नगरपालिकाले कुनै कमी गर्ने छैन”, उनले भने, “यहाँको पर्यटन विकास गर्न सके आर्थिक समृद्धि हासिल गर्न सकिन्छ ।”
होटल व्यवसायि सङ्घ कञचनपुरका अध्यक्ष जगदीशचन्द्र भट्टले पूर्वाधार विकास र प्रचारप्रसार नहुँदा कञ्चनपुरका थुपै्र पर्यटकीय क्षेत्र ओझेलमा परेको बताए । “यो नाका विदेशी पर्यटक आउने प्रमुख नाका हो”, उनले भने, “यहाँका पर्यटकियस्थलहरुको प्रचारप्रसार हुन नसक्दा यहाँबाट अन्यन्त्र घुम्न जाने गरेका छन् ।”
अध्यागमन कार्यालय कञ्चनपुरका सूचना अधिकारी पदमराज भट्टले गड्डाचौकी नाकाबाट तेस्रो मुलुकका पर्यटकहरुको सङ्ख्या बढेको बताए । “अहिले विदेशी पर्यटकहरु आउने सङ्ख्या बढेको छ”, उनले भने, “गत वर्षभन्दा अहिले विदेशी पर्यटक आउने क्रम बढेको छ ।”
अध्यागमन कार्यालयको तथ्याङ्कअनुसार २०२२ मा पाँच सय ४२ विदेशी पर्यटक गड्डाचौकी नाकाबाट नेपाल भित्रिएका थिए । यो वर्षको हालसम्म छ सय ८५ विदेशी पर्यटक भित्रिएका छन् । सप्टेम्बरमा मात्रै एक सय ५४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
रासस

वि.सं.२०८० असोज १० बुधवार १४:५० मा प्रकाशित

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको छ...

च्याउ खोज्न निकुञ्ज गएका तीन महिला फेला , १४ जना सम्पर्कविहीन

च्याउ खोज्न निकुञ्ज गएका तीन महिला फेला , १४ जना सम्पर्कविहीन

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न गएका १७...

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाईते

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाईते

अमरगढी (डडेल्धुरा) । डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा जिप दुर्घटना हुँदा...

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

दशरथचन्द (बैतडी) । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...