back

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण : आज छेन्दु जाँदै

वि.सं.२०८० असोज १२ शुक्रवार

801 

shares

मानसरोवर (चीन) । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको छेन्दु जाँदै छन् । प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट आज बिहानको उडानमा छेन्दु जान लागेका हुन् ।

उनी स्थानीय समयअनुसार ९ः४५ बजे मानसरोवरको अलि घुन्सा विमानस्थलबाट ल्हासा विमानस्थल प्रस्थान गर्ने र ल्हासा विमानस्थलबाट छेन्दुका लागि प्रस्थान गर्नुहुने कार्यक्रम रहेको छ । उनी स्थानीय समयअनुसार अपराह्न १४ः३० बजे छेन्दु पुग्ने छन् । छेन्दुमा रहँदा उनले पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि उनले साँझ चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । आजै साँझ प्रधानमन्त्रीको सम्मानमा सचिव सियाओले रात्रिभोजको पनि आयोजना गर्नेछन् ।

बुधबार चीनको छोङछिङबाट ल्हासा पुगेका प्रधानमन्त्री दाहाल बिहीबार कैलाश मानसरोवरको भ्रमण गरेका थिए । प्रधानमन्त्री दाहालले ल्हासामा रहँदा विभिन्न द्विपक्षीय भेटवार्ता गरेका थिए । त्यसपछि उनले बुधबार नै ल्हासास्थित प्राचीन पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गरेका थिए ।

प्रधानमन्त्री दाहाल र उनको भ्रमण दलका सदस्यहरू शनिबार छेन्दुबाटै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहाल गएको शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका छन् ।

उनको भ्रमण दलमा उनकी छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, प्रधानमन्त्री दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास वैरागी, मुख्यसचिव डा वैकुण्ठ अर्याल, विभिन्न मन्त्रालयका सचिव र अन्य सदस्यहरू रहेका छन् ।
रासस

वि.सं.२०८० असोज १२ शुक्रवार ०७:०६ मा प्रकाशित

Himalayan Life AD
‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण

‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण

पाटन (ललितपुर) । नेपाली कांग्रेसका युवाहरूले ‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी...

नेपालबाट बाहिरीयो मनसुन, आज कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना !

नेपालबाट बाहिरीयो मनसुन, आज कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना !

काठमाडौँ । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट बहिर्गमन भएकाले...

जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रिया थप सहज, के छ नयाँ व्यवस्थामा ?

जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रिया थप सहज, के छ नयाँ व्यवस्थामा ?

काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गतेको ‘जेनजी’...

प्रचण्डको दाबी: प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति नै केपी ओलीको सिफारिसमा भएको हो

प्रचण्डको दाबी: प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति नै केपी ओलीको सिफारिसमा भएको हो

ललितपुर । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक काठमाडौ...

मनास्लु आरोहीबाट १५ करोड राजस्व सङ्कलन

मनास्लु आरोहीबाट १५ करोड राजस्व सङ्कलन

  गोरखा । यहाँ अवस्थित मनास्लु हिमाल आरोहीबाट रु १५...