back
CTIZAN AD

गाउँपालिकाद्वारा दुई हजार छ सय परिवारको निःशुल्क स्वास्थ्य बिमा

वि.सं.२०८० असोज १२ शुक्रवार

1.2K 

shares

काभ्रेपलाञ्चोक । काभे्रपलाञ्चोकको रोशी गाउँपालिकाले एक हजार सात सय ८० परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको छ । साठी वर्षदेखि ७० बर्षसम्मका स्थानीय परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गरेको जनाइएको छ ।

स्थानीय ३ हजार ७९ परिवारमध्ये दुई हजार छ सय ४८ घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा पाएका हुन् । यसमध्ये सरकारले आठ सय ६८ परिवार तथा गाउँपालिकाले एक हजार सात सय ८० परिवारको बिमा शुल्क ब्यहोरिएको गाउँपालिका अध्यक्ष दिनेश लामाको बताए ।

स्वास्थ्य शाखाका अनुसार ५४ पूर्ण अपाङ्गता भएका नागरिकको पनि निःशुल्क बिमा गरिएको छ भने तीन परिवारको महिला स्वयंसेविकाको ५० प्रतिशत सरकारले बेहोर्ने गरी बिमा गरिएको छ । चार सय एक परिवारको भने बिमा शुल्क आफैँले तिरेर बिमा भएको छ ।

रोशीको जनसङ्ख्यामध्ये ३७ दशमलव ३१ प्रतिशत नागरिकको स्वास्थ्य बिमा भएको छ । हालसम्म रोशीको जनसङ्ख्या २३ हजार सात सय ९० रहेकोमा आठ हजार आठ सय ७८ जनाको स्वास्थ्य बिमा भएको गाउँपालिकाका स्वास्थ्य प्रमुख गैगा श्रेष्ठले बताइन् ।

गत आर्थिक वर्षमा जेष्ठ नागरिकको स्वास्थ्यका लागि रु एक करोड अनुमानित बजेटमध्ये रु ६२ लाख ५४ हजार एक सय खर्च भएको लामाले बताए । “रोशीका नागरिकले पैसाको अभावमा स्वास्थ्योपचारबाट वञ्चित नहोउन् भन्ने उद्देश्यले बिमा कार्यक्रममा सामेल गरिएको हो ।”

यसैबीच रोशी गाउँपालिकाले १७ औँ विश्व रेबिज दिवस–२०८० को अवसर पारेर बुधबारदेखि सप्ताहव्यापी रेबिजविरुद्धको निःशुल्क खोप अभियान सुरु गरेको छ । गाउँपालिकमा रेबिजको जोखिम बढेकाले सुरु गरिएको सप्ताहव्यापी खोप अभियानअन्तर्गत कुकुर र बिरालोलाई रेबिजविरुद्धको खोप लगाइनेछ । अभियानमा छ सय कुकुर र छ सय ‘डोज’ खोप बिरालोलाई लगाउने लक्ष्य लिइएको छ ।
रासस/सांकेतिक फोटो

वि.सं.२०८० असोज १२ शुक्रवार १०:४९ मा प्रकाशित

नेपाली कम्युनिस्ट आन्दोलनका शीर्ष पुरूष पुष्पलाललाई आज देशभर सम्झिँदै

नेपाली कम्युनिस्ट आन्दोलनका शीर्ष पुरूष पुष्पलाललाई आज देशभर सम्झिँदै

काठमाडौं । नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक तथा अग्रणी वैचारिक नेता...

कांग्रेस संस्थापन इतर पक्षकाे घोषणा राष्ट्रिय भेला साउन २९ गते काठमाडौंमा

कांग्रेस संस्थापन इतर पक्षकाे घोषणा राष्ट्रिय भेला साउन २९ गते काठमाडौंमा

काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर पक्षले राष्ट्रिय भेला घोषणा...

काँग्रेसले आजदेखि नयाँ अभियानको सुरुवात गर्दै

काँग्रेसले आजदेखि नयाँ अभियानको सुरुवात गर्दै

काठमाडौं । नेपाली काँग्रेसले आज राष्ट्रिय सभा गृहमा विशेष कार्यक्रम...

दलित अधिकार सुनिश्चित गर्न राष्ट्रिय अभियान घोषणा

दलित अधिकार सुनिश्चित गर्न राष्ट्रिय अभियान घोषणा

काठमाडौं । संविधानसभा सदस्य विनोद पहाडीको नेतृत्वमा ‘दलित नागरिक अभियान...

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन...

आज यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...