back
CTIZAN AD

भ्यान दुर्घटना हुँदा १० जना घाइते

वि.सं.२०८० असोज १२ शुक्रवार

855 

shares

काठमाडौं । भ्यान दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् । बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर ३ बोहोरेटार नजिक भ्यान दुर्घटना भएको हो ।

सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४-००१ ज ००६२ नम्बरको इलेक्ट्रिक गाडी आज बिहान ७ः५० बजेतिर सडक किनारको नालीमा पल्टिएको थियो ।

घाइते हुनेमा सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ६ बस्ने ४६ वर्षीय निरकुमार चालिसे, कमलामाई नगरपालिका ५ बस्ने ४६ वर्षीया कमला घिमिरे, कमलामाई नगरपालिका वडा नं. १ बस्ने ३४ वर्षीय मुकुन्द थापा, सोही स्थानका ४१ वर्षीय भुवन थापा, कमलामाई नगरपालिका वडानम्बर ४ बस्ने ४० वर्षीया बबिता देवकोटा, वडा नं. ६ बस्ने ४६ वर्षीय विष्णु ढकाल र उनको ११ वर्षीय छोरा निश्चल तथा कमलामाई नगरपालिका ६ का ४० वर्षीय सरोज थापा रहेका छन् ।

त्यसैगरी, सिन्धुलीकै तिनपाटन गाउँपालिका -१० बस्ने ४० वर्षीय राजन कार्की र काभ्रेको बनेपा नगरपालिका वडा नम्बर १० बस्ने ४० वर्षीया गार्की बस्नेत पनि सोही दुर्घटनामा घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरुलाई उपचारका लागि धुलिखेलतर्फ पठाइएको छ । चालक तेज बहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

वि.सं.२०८० असोज १२ शुक्रवार ११:२३ मा प्रकाशित

पुष्पलाल स्मृति दिवसका अवसरमा वामपन्थी दलहरूको भूमिकाका विषयमा गोष्ठि हुँदै

पुष्पलाल स्मृति दिवसका अवसरमा वामपन्थी दलहरूको भूमिकाका विषयमा गोष्ठि हुँदै

काठमाडौं । ४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा पुष्पलाल मित्रता केन्द्र...

ग्यास सिलिन्डर लिक भएर आगलागी, तीन जना कामदार गम्भीर घाइते

ग्यास सिलिन्डर लिक भएर आगलागी, तीन जना कामदार गम्भीर घाइते

धनुषा । धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित एक उद्योगमा ग्यास लिक...

प्रधानमन्त्री शाह नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाह नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ः३० बजे प्रधानमन्त्री...

चार लाख भारतीय रकमसहित पक्राउ

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगञ्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क...

सुनचाँदीको मूल्य सामान्य वृद्धि

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको...

नेपाली कम्युनिस्ट आन्दोलनका शीर्ष पुरूष पुष्पलाललाई आज देशभर सम्झिँदै

नेपाली कम्युनिस्ट आन्दोलनका शीर्ष पुरूष पुष्पलाललाई आज देशभर सम्झिँदै

काठमाडौं । नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक तथा अग्रणी वैचारिक नेता...