काठमाडौं । माउन्टेन फ्लाइटका लागि काठमाडौँबाट ४२ जना यात्रु लिएर उडेको श्री एयरको जहाजमा समस्या आएपछि आकस्मिक अवतरण गराइएको छ ।
जहाजमा प्राविधिक समस्या आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको हो । श्री एयरलाइन्सका प्रवन्धक अनिल मानन्धरले प्राविधिक समस्या आई उडान त्रिभुवन विमानस्थलमै फिर्ता आएको बताए ।
जहाज उडेको केही बेरमै बाँयातर्फको इञ्जिनमा समस्या आएको बताइएको छ । विमानस्थलका अनुसार जहाजलाई लामो समय आकाश उडाएरु इन्धन खालि भएपछि विमानस्थलमा अवतरण गराइएको छ ।
वि.सं.२०८० असोज १२ शुक्रवार १२:३३ मा प्रकाशित






























