back

फल्ने समयमा धानमा रोग लागेपछि किसान चिन्तित

वि.सं.२०८० असोज १२ शुक्रवार

99 

shares

तुलसीपुर (दाङ) । फल्ने समयमा धानमा रोग लागेपछि दाङका किसान चिन्तित बनेका छन् । कीराले पसाउने बेलामा बाला टुक्रा-टुक्रा बनाइदिने गरेको किसानको गुनासो छ ।

“पहिले गोबारो कीरा लाग्यो, अहिले बालालाई काटेर टुक्रा-टुक्रा बनाउने रोग आएको छ”, तुलसीपुर उपमहानगरपालिका-७ निवासी किसान भागिरथ भण्डारीले भने, “यो कीरा साँझ, बिहानमात्रै देखिने गरेको छ ।” समयमा मल र बीउ नपाउँदा आजित भएका किसान पटक-पटक रोग लाग्दा चिन्तित बन्ने गरेका छन् ।

कीरा लागेपछि दुई-तीनपटक औषधि छरे पनि त्यसले काम नगरेको तुलसीपुर-७ निवासी किसान धनिराम भुसालले बताए । एग्रोभेटबाट औषधि ल्याएर छर्केको उनको भनाइ छ । सो कीरालाई नियन्त्रण गर्न नसकिएमा धान उत्पादनमा गिरावट आउने उनले बताए ।

अहिले वर्षा रोकिएपछि धानमा यस्तो समस्या देखिएको उपमहानगरपालिका कृषि महाशाखाका कृषि प्राविधिक रवि न्यौपानेले बताए । “सुरुमा खासै थिएन”, उनले भने, “बीचमा वर्षात् रोकिएपछि रोग देखापरेको हो ।”

धानमा पातको फेद डडुवा, फड्के कीराजस्ता समस्या देखिएको उनको भनाइ छ । किसानले पनि नियमित रेखदेख नगर्दा समस्या भएको उनको भनाइ छ । अहिले उक्त रोग नियन्त्रण गर्नका लागि रासायनिक विषादीको सिफारिस गरिएको र किसानले त्यहीअनुसार प्रयोग गर्ने गरेको उनको भनाइ छ । दाङका सबैजसो ठाउँमा यस्तो समस्या देखिएको उनले बताए ।
रासस/फाइल फोटो

वि.सं.२०८० असोज १२ शुक्रवार १२:२४ मा प्रकाशित

म्याद गुज्रेको खाद्य सामग्री बिक्रीवितरण गर्नेलाई रु २० हजार जरिवाना

म्याद गुज्रेको खाद्य सामग्री बिक्रीवितरण गर्नेलाई रु २० हजार जरिवाना

रसुवा । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा पुग्ने धार्मिक यात्रु तथा पर्यटकलाई...

पर्यटकीय पूर्वाधार बनेपछि बेलुढुङ्गामा पर्यटकको आगमन बढ्यो

पर्यटकीय पूर्वाधार बनेपछि बेलुढुङ्गामा पर्यटकको आगमन बढ्यो

बेनी (म्याग्दी) । म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीयस्थल बेलढुङ्गामा...

पञ्चकोटमा ब्रह्माण्डीय महायज्ञको तयारी

पञ्चकोटमा ब्रह्माण्डीय महायज्ञको तयारी

ढोरपाटन (बागलुङ) । बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा आयोजित ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’...

तनहुँ बस दुर्घटना अपडेट : घाइते भएका दुई जनाको मृत्यु

तनहुँ बस दुर्घटना अपडेट : घाइते भएका दुई जनाको मृत्यु

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान भएको...

धरानबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटनाहुँदा ३६ जना घाइते

धरानबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटनाहुँदा ३६ जना घाइते

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान यात्रुवाहक...

भूकम्प पीडितलाई सोफा उत्पादक सङ्घद्वारा सहयोग

भूकम्प पीडितलाई सोफा उत्पादक सङ्घद्वारा सहयोग

काठमाडौँ । सोफा उत्पादक सङ्घले प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा रु...