नवलपरासी (बर्दघाट सुस्तापश्चिम) । पश्चिम नवलपरासीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । विधुतकाे खम्बामा बल्दै गरेको बत्ती निभाउने क्रममा जयप्रकाश यादवको करेन्ट लागेर मृत्यु भएको हो ।
आज बिहान ६ः०० बजेको समयमा रामग्राम नगरपालिका-७ बस्ने उनी सोही वडाको उजैनीमा रहेको खम्बाको बत्ती निभाउन गएका थिए । सोही क्रममा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताए ।
करेन्ट लागेका यादवलाई उपचारका लागि जिल्लाको पृथ्वीचन्द्र अस्पतालमा ल्याइएको थियो । उनलाई अस्पतालका डाक्टरले उपचारका क्रममा ६ः४० बजे मृत्यु भएको घोष्णा गरेको थियो । यादवलाई करेन्ट लागेको स्थानमा वाइफाइ तथा अन्य तार भुइँसम्म लत्रिएको अवस्थामा रहेको स्थानीयको भनाइ छ ।
रासस/सांकेतिक फोटो
वि.सं.२०८० असोज १२ शुक्रवार १२:०१ मा प्रकाशित






























