back
CTIZAN AD

मणिपाल शिक्षण अस्पताल र मृतकका आफन्तबीच ६ बुँदे सहमति

वि.सं.२०८० असोज १२ शुक्रवार

1.2K 

shares

काठमाडौं । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाको परिवार र अस्पतालबीच ६ बुँदे सहमति भएको छ ।
अस्पतालमा उपपचारका क्रममा असोज ८ गते मृत्यु भएकी लमजुङ सुन्दरबजार नगरपालिका ६ की सुकमाया दुराको परिवार र अस्पताल प्रशानबीच ६ बुँदे सहमति भएको हो ।
असोज ७ गते श्वास प्रश्वासमा समस्या भएपछि उपचारका लागि सोहि अस्पतालमा ल्याईएकी ५७ वर्षीया दुराको उपचारकै क्रममा अर्कोदिन मृत्यु भएपछि दुराका परिवार तथा आफन्तले अस्पतालमा कार्यरत चिकित्सकमाथि आक्रमण गर्नुकासाथै आन्दोलनमा उत्रिएका थिए ।
उक्त आक्रमण पछि मृतकका आफन्त र मणिपाल अस्पताल मात्र नभएर देशैभरीका स्वास्थ्यकर्मी सुरक्षाको माग गर्दै आन्दोलनमा उत्रिएका थिए ।
अस्पताल र मृतकका आफन्तबीच भएको उक्त ६ बुँदे सहमतिको १ नम्बरमा मृतक दुराको स्मृतिमा मणिपाल शिक्षण अस्पताल प्रशासनले लमजुङ जिल्लाको सुन्दर बजार नगरपालिकाभित्र सकेसम्म मृत्यु भएको मिति पारेर प्रत्येक वर्षको १ पटक १० वर्षसम्म विशिष्टिकृत चिकित्सकबाट निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने सहमति भएको छ ।

त्यस्तै २ नम्बरमा अल्पसंख्यक दुरा जातिका लागि दुरा सेवा समाज लमजुङ र दुरा सेवा समाज कास्की तथा स्थानीय निकायको वडा कार्यालयले गरिब तथा विपन्न परिवार भनी सिफारिस गरेको अवस्थामा मणिपाल शिक्षण अस्पताल प्रशासनले त्यस्ता बिरामीको उपचारमा छुट गराउने र निःशुल्क गर्ने सहमति भएको छ ।

त्यस्तै ३ नम्बरमा मृतक सुकमाया दुराको मृत्युको सम्बन्धमा हुने अनुसन्धानको सम्पूर्ण प्रक्रिया खुला रहने र नम्बर ४ मा दुवै पक्षबाट भएका सम्पूर्ण आन्दोलनको कार्यक्रमहरू आजैको मितिबाट स्थगित गर्ने सहमति समेत भएको छ ।

त्यसैगरी विनय गुरुङउपर दर्ता भएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन, २०६६ अन्तर्गत कसुर मुद्दामा कानुनी रीत पु¥याई यथाशिघ्र सहजीकरण गर्ने सहमति भएको बुँदा नम्बर ५ मा उल्लेख छ भने बुँदा नम्बर ६ मा दिवंगत आत्माको चीर शान्तिको कामनासहित शोक समस्त परिवारजनहरूमा समवेदना व्यक्त गर्ने सहमति भएको उल्लेख छ ।

वि.सं.२०८० असोज १२ शुक्रवार १२:५९ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

महेन्द्रनगर । नेपाली सेनाको श्रमदानमा कञ्चनपुरको महाकाली नदीस्थित चार लेनको...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...