back
CTIZAN AD

एमाले बागमती प्रदेशको अध्यक्षमा ढुंगेल विजयी

वि.सं.२०८० असोज १३ शनिवार

1K 

shares

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी भएका छन् ।

असोज ८ गतेदेखि सुरु भएको एमाले बागमती प्रदेशको प्रथम अधिवेशनको शुक्रबार सम्पन्न निर्वाचनमा ढुंगेलले आफ्ना प्रतिश्पर्धी कृष्ण प्रसाद दाहाललाई २५७ मतले पराजित गर्दै प्रदेश अध्यक्षमा विजयी भएका हुन् ।

ढुंगलले ६९६ मत ल्याएर विजयी हुँदा दाहालले ४३९ मत प्राप्त गरेका थिए ।

त्यसैगरी एक उपाध्यक्षका लागि भएको मतदानमा दावा दोर्जे लामा विजयी भएका छन् । एक उपाध्यक्ष पदका लागि ईश्वर चन्द्र पोखरेल, नारायण प्रसाद खतिवडा, राजेन्द्र प्रसाद खतिवडा र राजेन्द्र राजथला चुनावी मैदानमा उत्रिएका थिए ।

त्यसैगरी सचिवमा नवराज सिलवाल एक मतमात्र बढी ल्याएर विजयी भएका छन् । सिलवालले ५६८ मतले विजयी हुँदा उनका प्रतिश्पर्धी हस्त पण्डितले ५६७ मत ल्याएका थिए ।

त्यसैगरी खुला उपसचिवमा प्रेम कुमार महर्जन र महिला उपसचिवमा भक्त कुमारी लामा विजयी भएका छन् ।

अध्यक्ष लगायतका सबै पदका लागि सहमतिमा नेतृत्व चयन गर्ने प्रयास गरेपनि त्यो सफल नभएपछि शुक्रबार निर्वाचन भएको थियो । पार्टी कार्यालय च्यासलमा निर्वाचनमा ११३५ मत खसेको थियो ।

 

वि.सं.२०८० असोज १३ शनिवार ०७:०३ मा प्रकाशित

जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता

जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले खाद्यजन्य रोग...

बयलगाडाले किचेर घाइते बालकको मृत्यु

बयलगाडाले किचेर घाइते बालकको मृत्यु

बरहथवा (सर्लाही) । सर्लाहीको बरहथवामा बयलगाडाले किचेका बालकको आज उपचारका...

रास्वपा ताप्लेजुङमा गुरुङ

रास्वपा ताप्लेजुङमा गुरुङ

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ सभापतिमा राजनकुमार गुरुङ...

अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

अछाम । अछामको कमलबजार नगरपालिका– ७ स्थित क्वाल्लेखमा जिप दुर्घटना...

कठिन भूगोल छिचोल्दै स्थानीयको श्रमदानमा बन्यो पदमार्ग

कठिन भूगोल छिचोल्दै स्थानीयको श्रमदानमा बन्यो पदमार्ग

मलेखु (धादिङ) । धादिङको रुबीभ्याली गाउँपालिकाको पर्यटकीय गन्तव्य कालो दह...

आजको मौसम विवरण : हिमाली र पहाडी भागमा वर्षा, तराईमा तातो बढ्ने

आजको मौसम विवरण : हिमाली र पहाडी भागमा वर्षा, तराईमा तातो बढ्ने

काठमाडौँ । देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...