back

एमाले बागमती प्रदेशको अध्यक्षमा ढुंगेल विजयी

वि.सं.२०८० असोज १३ शनिवार

102 

shares

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी भएका छन् ।

असोज ८ गतेदेखि सुरु भएको एमाले बागमती प्रदेशको प्रथम अधिवेशनको शुक्रबार सम्पन्न निर्वाचनमा ढुंगेलले आफ्ना प्रतिश्पर्धी कृष्ण प्रसाद दाहाललाई २५७ मतले पराजित गर्दै प्रदेश अध्यक्षमा विजयी भएका हुन् ।

ढुंगलले ६९६ मत ल्याएर विजयी हुँदा दाहालले ४३९ मत प्राप्त गरेका थिए ।

त्यसैगरी एक उपाध्यक्षका लागि भएको मतदानमा दावा दोर्जे लामा विजयी भएका छन् । एक उपाध्यक्ष पदका लागि ईश्वर चन्द्र पोखरेल, नारायण प्रसाद खतिवडा, राजेन्द्र प्रसाद खतिवडा र राजेन्द्र राजथला चुनावी मैदानमा उत्रिएका थिए ।

त्यसैगरी सचिवमा नवराज सिलवाल एक मतमात्र बढी ल्याएर विजयी भएका छन् । सिलवालले ५६८ मतले विजयी हुँदा उनका प्रतिश्पर्धी हस्त पण्डितले ५६७ मत ल्याएका थिए ।

त्यसैगरी खुला उपसचिवमा प्रेम कुमार महर्जन र महिला उपसचिवमा भक्त कुमारी लामा विजयी भएका छन् ।

अध्यक्ष लगायतका सबै पदका लागि सहमतिमा नेतृत्व चयन गर्ने प्रयास गरेपनि त्यो सफल नभएपछि शुक्रबार निर्वाचन भएको थियो । पार्टी कार्यालय च्यासलमा निर्वाचनमा ११३५ मत खसेको थियो ।

 

वि.सं.२०८० असोज १३ शनिवार ०७:०३ मा प्रकाशित

प्राधिकरणले इन्टरनेट सेवाप्रदायकलाई टिकटक सम्बन्धि दियाे यस्तो निर्देशन

प्राधिकरणले इन्टरनेट सेवाप्रदायकलाई टिकटक सम्बन्धि दियाे यस्तो निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे÷नगरेका विषयमा २४...

राष्ट्रियसभा निर्वाचन आगामी माघ ११ गते गर्ने सरकारको निर्णय

राष्ट्रियसभा निर्वाचन आगामी माघ ११ गते गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले राष्ट्रियसभाको रिक्त हुने सदस्य पदका लागि आगामी...

प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन दुबई प्रस्थान गर्नुहुँदै

प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन दुबई प्रस्थान गर्नुहुँदै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय...

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

लामो समयदेखि रोजगारीका क्रममा मलेसिया रहेका पर्वत जिल्ला फलेवास नगरपालिका...

सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा चिकित्सकमाथि हातपात

सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा चिकित्सकमाथि हातपात

लुम्बिनी । अस्पतालमा सुत्केरी गराएकी एक महिलाको मृत्युको विषयलाई लिएर...

चोरी सिकार नियन्त्रण गर्न युवालाई प्रशिक्षण

चोरी सिकार नियन्त्रण गर्न युवालाई प्रशिक्षण

भरतपुर । मध्यवर्ती क्षेत्रका युवालाई संरक्षण सम्बन्धी प्रशिक्षण दिइएको छ...