back

एयरबससँबाट बत्तीस विमान किन्दै हङकङको क्याथे प्यासिफिक

वि.सं.२०८० असोज १३ शनिवार

168 

shares

पेरिस । हङकङको हवाई सेवा प्रदायक कम्पनी क्याथे प्यासिफिकले विमान निर्माता कम्पनी एयरबसबाट ३२ वटा ए३२० निओ विमान खरिद गर्ने भएको छ । क्याथे प्यासिफिकले चीन र एसियाली क्षेत्रमा सेवा विस्तारका लागि थप विमान खरिद गर्न लागेको हो ।

विमान खरिद गर्न भएको व्यावसायिक कारोबारको वास्तविक विवरण सार्वजनिक गरिएको छैन तर ती विमानको हालको बजार मूल्यका आधारमा तीन अर्ब २० करोड देखि चार अर्ब १० करोड अमेरिकी डलरसम्ममा सम्झौता भएको अनुमान गरिएको छ ।

एयरबसले आफ्ना सिङ्गल–आइल ए३२० विमान इन्धन खपतका आधारमा बोइङ कम्पनीका विमानभन्दा उत्कृष्ट रहेको दाबी गर्दै आएको छ । बोइङका ७३७ म्याक्स जहाजभन्दा ए३२० विमान कम इन्धन खपत गर्ने एयरबसको दाबी छ ।

क्याथे प्यासेफिक विश्वका अग्रणी एयरलाईन्समध्येको एक हो । यो कम्पनीले सन् २०१७ मा नै एयरबससँग त्यस्ता विमान खरिद गर्ने बताएको थियो । सोही वर्ष एयरबसलाई आपूर्तिका निम्ति दिइएको अर्डरमध्ये १३ वटा विमान क्याथेले प्राप्त गरीसकेको तथा थप १० विमान आगामी सन् २०२९ सम्ममा उपलव्ध हुने अपेक्षा गरिएको एयरबसले जनाएको छ । (रासस/एएफपी)

 

 

वि.सं.२०८० असोज १३ शनिवार १९:५२ मा प्रकाशित

गाजामा युद्धविराम मध्यस्थता प्रयास जारी

गाजामा युद्धविराम मध्यस्थता प्रयास जारी

गाजा,जेरुसेलम । विद्यमान इजराइल–हमास मानवीय युद्धविरामलाई अगाडि बढाउन मध्यस्थता प्रयासलाई...

बङ्गलादेशमा ‘हिंसात्मक’ कारवाहीमा हजारौँ मानिस पक्राउ

बङ्गलादेशमा ‘हिंसात्मक’ कारवाहीमा हजारौँ मानिस पक्राउ

ढाका । बङ्गलादेश सरकारले आम निर्वाचनअघि ‘प्रतिस्पर्धा हटाउन’ का लागि...

विश्व बैंकद्वारा कम्बोडियाका लागि १६ करोड ३० लाख डलर सहयोग स्वीकृत

विश्व बैंकद्वारा कम्बोडियाका लागि १६ करोड ३० लाख डलर सहयोग स्वीकृत

नोम पेन्ह । विश्व बैंकले कम्बोडियाका चार प्रान्तमा पानी आपूर्ति...

इजराइल–हमास युद्धविराम र बन्धक रिहाइमा ढिलाइ

इजराइल–हमास युद्धविराम र बन्धक रिहाइमा ढिलाइ

जेरुसेलम । इजराइलले चार दिने गाजा युद्धविराम र बन्धकहरूको रिहाइ...

गाजामा इजरायली आक्रमणबाट कम्तीमा २० प्यालेस्टाइनीको मृत्यु, थुप्रै घाइते

गाजामा इजरायली आक्रमणबाट कम्तीमा २० प्यालेस्टाइनीको मृत्यु, थुप्रै घाइते

जेरुसेलम । इजरायली आक्रमणमा कम्तीमा २० प्यालेस्टाइनीको मृत्यु हुनाका साथै...

कम्बोडियाद्वारा करिब ९ टन सुन उत्पादन

कम्बोडियाद्वारा करिब ९ टन सुन उत्पादन

नोम पेन्ह । कम्बोडियाले सन् २०२१ जुन महिनामा व्यावसायिक खानी...