back
CTIZAN AD

पोखरामा ‘अस्फाल्ट’ प्रविधिबाट सडक कालोपत्र गर्न सुरु

वि.सं.२०८० असोज १४ आइतवार

1.6K 

shares

कास्की । पर्यटकीय सहर पोखराको मुख्य बजार क्षेत्र महेन्द्र पुलबाट पृथ्वीचोकसम्मको सडक ‘अस्फाल्ट’ प्रविधिमा कालोपत्र गर्न सुरु गरिएको छ ।

पहिलो चरणमा महेन्द्र पुलबाट नयाँबजार हुँदै पृथ्वीचोकसम्मको डेढ किमी सडकमा अस्फाल्ट कालोपत्रको काम सुरु भएको छ । सङ्घीय सरकार मातहतको सडक डिभिजन कार्यालय पोखराले काम अघि बढाएको हो । अस्फाल्ट प्रविधिबाट निर्मित सडक टिकाउ हुने बताइन्छ । अमेरिकी प्रविधि अस्फाल्ट बलियो, महँगो र टिकाउ मानिन्छ ।

अस्फाल्ट पिच गर्दा चार सेमी मोटाइको पिच हुनुपर्दछ । स्थान हेरिकन चारदेखि १० सेमीसम्मको मोटाइएको पक्की हुने सडक डिभिजन कार्यालय पोखराका ओभरसियर रमेशराज पौडेलले बताए । उनकाअनुसार डेढ किमी सडक अस्फाल्ट गर्नका लागि रु पाँच करोडमा ठेक्का सम्झौता भएको छ ।

सडक अस्फाल्ट गर्ने कामको जिम्मेवारी विवेक एण्ड कुवेर निर्माण सेवाले पाएको छ । बर्खाले काममा अवरोध नभएको खण्डमा १० दिनमा सबै काम सम्पन्न हुने बताइन्छ ।

“अस्फाल्ट प्रविधिको कालोपत्र सडक बढी टिकाउ हुन्छ । यातायातको बढी चाप हुने र पानी परिरहने पोखराजस्तो ठाउँमा यो प्रविधिको प्रयोग राम्रो मानिन्छ”, उनले भने । अस्फाल्ट गरिएको सडक पाँचदेखि सात वर्षसम्म टिकाउ हुने बताइन्छ ।

सडक डिभिजन कार्यालयले पोखराको विरौटाबाट पृथ्वीचोक र छोरेपाटनबाट विरौटासम्म पनि अस्फाल्टका लागि ठेक्का लगाए पनि बजेट अभावमा काम अघि बढेको छैन ।

पोखराका अन्य केही सडक पनि यसअघि अस्फाल्ट कालोपत्र गरिएको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पर्यटकीय क्षेत्र लेकसाइड, न्यूरोड, चिप्लेढुङ्गालगायतमा अस्फाल्ट कालोपत्र गरेका छन् । पोखराको जिरो किमीबाट विन्ध्यवासिनीसम्मको सडक पनि अस्फाल्ट प्रविधिबाट कालोपत्र गरिएको छ ।

सडक डिभिजन कार्यालयअन्तर्गत पोखरा बजार क्षेत्रको २७ किमी सडक जिम्मामा रहेको छ । यससँगै पृथ्वीराजमार्ग, सिद्धार्थराजमार्ग र पोखरा बाग्लुङ राजमार्गसमेत सडकको जिम्मामा छ ।

 

वि.सं.२०८० असोज १४ आइतवार १०:११ मा प्रकाशित

श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन

श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन

काठमाडौँ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिक तथा पीडितले...

शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया

शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया

काठमाडौँ । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको तीन...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

समितिले थाल्यो कानुन कार्यान्वयन अवस्थाको अध्ययन

समितिले थाल्यो कानुन कार्यान्वयन अवस्थाको अध्ययन

काठमाडौँ । राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिले हाल कार्यान्वयनमा रहेका विभिन्न...

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति

काठमाडौँ । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा...

गृह मन्त्रालयको वार्षिक विकास कार्यक्रम सार्वजनिक, हेनुहोस् के के परे प्राथमिकतामा

गृह मन्त्रालयको वार्षिक विकास कार्यक्रम सार्वजनिक, हेनुहोस् के के परे प्राथमिकतामा

काठमाडौं । गृह मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक...