
काठमाडौं । रिचेत जलविधुत कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
कम्पनीले प्रति शेयर १०० रूपैयाँ अंकित दरको ११ करोड ७६ लाख ४५ हजार बराबरको ११ लाख ४५ हजार ४५० कित्ता शेयर निष्कासन गर्न लागेको हो । धितोपत्र बोर्डबाट अनुमति पाएपछि कम्पनीले शेयर निष्कासन गर्ने छ । शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ ।
कम्पनी ऐन, २०६३ अन्तर्गत विसं२०७० सालमा मा स्थापना भएको रिचेत जलविधुत् कम्पनी लिमिटेडको प्रमुख कार्यालय ललितपुर-१५, महालक्ष्मीस्थानमा अवस्थित छ । कम्पनीले गोरखामा ५ मेगावाटको रिचेत खोला जलविधुत् आयोजना निर्माण गरिरहेको छ ।
वि.सं.२०८० असोज १४ आइतवार १६:३० मा प्रकाशित