back
CTIZAN AD

सिइओ एलिस भन्छिन् -एमसीसी परियोजना निर्धारित समयमै सम्पन्न हुनेमा विश्वस्त छु

वि.सं.२०८० असोज १७ बुधवार

885 

shares

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरसन (एमसीसी)का प्रमुख कार्यकारी अधिकृत (सिईओ) एलिस अल्ब्राइटले एमसीसी परियोजना निर्धारित समयमा सम्पन्न हुनेमा आफू आशावादी र विश्वस्त रहेको बताएकी छन् ।

नेपाल भ्रमणमा रहेकी उनले मंगलवार पत्रकार सम्मेलन गरी परियोजना प्रारम्भ गरेको पाँच वर्षमा एमसिसी परियोजना सक्नैपर्ने भएकाले यसको कार्यान्वयनमा नेपाल सरकार र सरोकारवाला सबै पक्ष प्रतिबद्ध भएर लागेको आफूले पाएको बताइन् ।

‘एमसिसी कार्यान्वयनको जिम्मेवारी एमसीए नेपालको रहेको छ, यो नेपाल सरकारअन्तर्गतको संरचना हो’, उनले भनिन् ।

प्रमुख कार्यकारी अधिकृत अलब्राइटले विश्वका विभिन्न मुलुकमा यसअन्तर्गतका परियोजना सञ्चालन गरेको उल्लेख गर्दै कार्यान्वयनमा देखिने चुनौतीको सामना गर्न सरोकारवाला सबैको सहयोगको आवश्यकता पर्नेमा जोड दिइन् ।

नेपाल भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ताका साथै छलफल उपलब्धीमूलक भएको उल्लेख गर्दै उनले परियोजना सफल कार्यान्वयनलगायत विषयमा छलफल भएको अवगत गराइन् ।

भ्रमणका क्रममा प्रमुख कार्यकारी अधिकृत अलब्राइट नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री डा प्रकाशशरण महत, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालगायतसँग भेटवार्ता गरेको थियो ।

परियोजना कार्यान्वयनमा गइसकेको र उनीहरूसँगको भेटवार्ता तथा छलफलपछि आफू निकै उत्साहित भएको उल्लेख गर्दै सिइओ अल्ब्राइटले परियोजना समयसीमाभित्रै पूरा हुनेमा आफू आशावादी रहेको उल्लेख गरिन् । एमसिसीसम्बन्धी प्रस्ताव संसद्बाट अनुमोदन हुँदा गरिएको व्याख्यात्मक घोषणामा आफूहरू सहमत भएको र त्यसलाई स्वीकारेको उनको भनाइ थियो ।

प्रमुख कार्यकारी अधिकृत अलब्राइटले एमसिसी अमेरिकी वैदेशिक सहयोगको महत्वपूर्ण अङ्ग भएको र यसको कार्यान्वयनले नेपाल–अमेरिका सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरिन् । उनले यस परियोजनाले नेपालमा भरपर्दो विद्युत् सेवा र सडक सञ्जालको विकास हुने विश्वास व्यक्त गर्दै प्रसारण लाइनको निर्माणले विद्युत् निर्यातको सम्भावनामा समेत सहजता हुने बताइन् ।

यस अनुदानअन्तर्गतका परियोजनाले नेपालको आर्थिक वृद्धिमा टेवा पुग्ने उनको भनाइ थियो । यस अनुदान कार्यक्रममार्फत नेपाल सरकार र एमसिसीले नेपाली जनताका लागि सडक सुधार गर्ने र स्वच्छ तथा सुपथ विद्युत्मा भरपर्दो पहुँच बढाउने गरी तर्जुमा गरिएका परियोजनामार्फत मुलुकको ऊर्जा र यातायात क्षेत्रलाई सुदृढ तुल्याउने अपेक्षा गरिएको छ ।

सिइओ अल्ब्राइटले यो परियोजनामा नेपाल सरकार स्वयंले पनि लगानी गरेको र यसलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेकाले नेपाल सरकारको बलियो प्रतिबद्धता देखिएको बताइन् ।

सो अवसरमा अमेरिकी राजदूत डिन आर थम्प्सन र एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले समेत सञ्चारकर्मीका परियोजना सम्बन्धका जिज्ञासा स्पष्ट पारेका थिए ।

गत भदौ १३ गतेदेखि एमसिसी कम्प्याक्ट कार्यान्वयनमा गइसकेको छ । नेपाल सरकार र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) बीच २०७४ भदौ २९ गते मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) भएको थियो ।

लामो बहसपछि संसद्ले गत वर्ष मात्र यस सम्झौतालाई अनुमोदन गरेको थियो । एमसिसी नेपाल कम्प्याक्टअन्तर्गत बन्ने विद्युत् प्रसारण लाइन र सडक निर्माण आयोजनाको काम सुरु भएको मितिले पाँच वर्षभित्रमा सम्पन्न गरिसक्नुपर्ने प्रावधान छ ।
रासस

वि.सं.२०८० असोज १७ बुधवार ०७:४५ मा प्रकाशित

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

कोशीमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन अनुरोध

कोशीमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन अनुरोध

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

पर्वत । यहाँको मोदी गाउँपालिकाले घर छाउन, आँगनमा बिछ्याउन वा...

मेला हेर्न गएका बालकको डुबेर मृत्यु, अर्काको खोजी जारी

मेला हेर्न गएका बालकको डुबेर मृत्यु, अर्काको खोजी जारी

सिद्धार्थनगर (भैरहवा) । मोहर्रम पर्वका अवसरमा रूपन्देहीको रोहिणी गाउँपालिका–१ गुजरपुरवास्थित...

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...