back
CTIZAN AD

मृतकका आफन्त र प्रहरीबीचकाे छलफलपछि सञ्चालनमा आयो पृथ्वीराजमार्ग

वि.सं.२०८० असोज १७ बुधवार

837 

shares

मलेखु (धादिङ) । ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु भएपछि अवरुद्ध बनाइएको पृथ्वी राजमार्ग खुलेको छ । पढ्न गएका सिद्धलेक गाउँपालिका–६ का निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठको धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित मजुवामा आज बिहान ट्रकको ठक्करबाट घटनास्थलमै मृत्यु भएपछि क्षतिपूर्तिको माग राख्दै विद्यार्थी, आफन्त तथा स्थानीयवासीले राजमार्ग बन्द गरेका थिए ।

काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको प्रदेश ०२–००१ ख ६४१३ नंको ट्रकको ठक्करबाट बागेश्वरी माविमा कक्षा ८ मा अध्यनरत दुई बालकको मृत्यु भएपछि सडक अवरुद्ध गर्ने विद्यार्थी, स्थानीयवासी तथा मृतकका आफन्त र प्रहरीबीच छलफल गरी राजमार्ग सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवालले बताउनुभयो । विद्यालयले विद्यार्थीका लागि बसको व्यवस्था गर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाउने सहमतिमा राजमार्ग सञ्चालन गरिएको हो । ट्रक चालक रौतहट चन्द्रपुर नगरपालिका–२ का ४१ वर्षीय अशोक बम्जन प्रहरीको नियन्त्रणमा रहेका छन् ।

ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु, यातायात बन्द

 

वि.सं.२०८० असोज १७ बुधवार १२:५८ मा प्रकाशित

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले...

सर्पले डसेकी महिलाको मृत्यु

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली । चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले...

राष्ट्रियसभाः ग्यासको सकस समाधान गर्न सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाः ग्यासको सकस समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने एलपी ग्यास बिक्री वितरणमा...

सरकारी कार्यालयमा दिइने निवेदनको ढाँचामा एकरूपता ल्याइने, मागर्दशन जारी

सरकारी कार्यालयमा दिइने निवेदनको ढाँचामा एकरूपता ल्याइने, मागर्दशन जारी

काठमाडौँ । सरकारले सरकारी कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवाका लागि...

राष्ट्रियसभा बैठक सुरु

राष्ट्रियसभा बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुुरु भएको छ । सभाको आजको...

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

काठमाडौं । भारतीय इलेक्ट्रिक कमर्सियल भेहिकल ब्रान्ड मोन्ट्रा इलेक्ट्रिकले आफ्नो...