back
CTIZAN AD

सोनापुरको आईपीओमा आवेदन दिने म्याद थपियो

वि.सं.२०८० असोज १७ बुधवार

1.2K 

shares

काठमाडौं । सोनापुर मिनरल्स एण्ड ओइल लिमिटेड (सोनापुर सिमेन्ट)ले निष्कासन गरेको आईपीओमा आवेदन दिने म्याद थप भएको छ । कम्पनीले म्याद थप गर्दै असोज २८ गतेसम्म आईपीओ बिक्री खुला राख्ने निर्णय गरेको हो ।

यद्यपि सो मिति अगावै पूर्ण आवेदन परेमा सार्वजनिक सूचना जारी गरेर त्यस अगाडी नै आईपीओ बिक्री बन्द गरिने कम्पनीले जनाएको छ । कम्पनीको शेयर निष्कासनको लागि एनआईएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

कम्पनीको आईपीओमा असोज १६ गतेसम्म ७ लाख ३२ हजार बढीले आवेदन दिएका छन् । मंगलबार साँझ ५ बजेसम्ममा कम्पनीको आईपीओमा ७ लाख ३२ हजार ९ सय ५३ जना आवेदकले ८५ लाख ६६ हजार ८ सय ४० कित्ताका लागि २ अर्ब ३ करोड ५३ लाख ९ हजार ८ सय ४७ रुपैयाँ बराबरको आवेदन दिएका हुन् । यो मागको ८८.० प्रतिशत हो ।

कम्पनीले असोज १४ गतेदेखि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारणलाई ९७ लाख ३२ हजार ५ सय ४४ कित्ता शेयर निष्कासन गरेको हो । कम्पनीले प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँमा प्रिमियम वापत १३७.२८ रुपैयाँ थप गरि प्रति कित्ता २३७.५८ रुपैयाँमा शेयर निष्कासन गरेको हो । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १५ लाख कित्ताको आवेदन दिन सकिने छ ।

कम्पनीले यस अघि नै आयोजना प्रभावित दाङ र रोल्पा जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि निष्कासन गरिएको शेयर बाँडफाँड गरिसकेको छ ।

प्रिमियममा सोनापुर सिमेन्टको आईपीओ बिक्रि खुला

वि.सं.२०८० असोज १७ बुधवार १२:४६ मा प्रकाशित

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...