back

प्रिमियममा सोनापुर सिमेन्टको आईपीओ बिक्रि खुला

वि.सं.२०८० असोज १४ आइतवार

195 

shares

काठमाडौं । सोनापुर मिनरल्स एण्ड ओइल लिमिटेड (सोनापुर सिमेन्ट) ले सर्वसाधारणका लागि आज असोज १४ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि ९७ लाख ३२ हजार ५ सय ४४ कित्ता शेयर निष्कासन गरेको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरेर प्रति कित्ता २३७.५८ मा शेयर बिक्री गर्न लागेको हो ।

कम्पनीका अनुसार यस निष्कासनमा छिटोमा असोज १७ र सो अवधिमा पूर्ण आवेदन नपरेमा ढिलोमा असोज २८ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १५ लाख कित्ताको आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि एनआईएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

कम्पनीले यस अघि नै आयोजना प्रभावित दाङ र रोल्पा जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि निष्कासन गरिएको शेयर बाँडफाँड गरिसकेको छ ।

सोनापुरले शेयर निष्कासन गरेपछि नेपाली पुँजीबजारमा सिमेन्ट कम्पनीको संख्या ३ पुग्ने कम्पनीले जनाएको छ । हाल शिवम सिमेन्ट र घोराही सिमेन्टको शेयर सुचिकृत छ । सर्वोतम सिमेन्टले पनि आईपीओ जारी गर्न अनुमति माग गरेको छ । सर्वोत्तमले भने बुक विल्डिङ विधिबाट शेयर निष्कासन गर्न अनुमति मागेको छ ।

प्रिमियममा आईपीओ निष्कासन गर्दै सोनापुर सिमेन्ट

वि.सं.२०८० असोज १४ आइतवार १५:०९ मा प्रकाशित

दोहोरो अङ्कले घट्यो नेप्से, सबैभन्दा धेरै घट्नेमा जीवन बीमा

दोहोरो अङ्कले घट्यो नेप्से, सबैभन्दा धेरै घट्नेमा जीवन बीमा

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको आईपीओ आजदेखि

नेपाल वेयरहाउजिङ्ग कम्पनीको आईपीओ आजदेखि

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले आज मङ्सिर १० गतेदेखि...

नौ वटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत

नौ वटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं । नपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल सरकारका विभिन्न ९...

नेप्सकाे उकालो यात्रा, बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण

नेप्सकाे उकालो यात्रा, बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

दोहोरो अङ्कले बढ्यो नेप्से, एक अर्ब भन्दा बढी कारोबार

दोहोरो अङ्कले बढ्यो नेप्से, एक अर्ब भन्दा बढी कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार...

माछापुच्छ्रे बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

माछापुच्छ्रे बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार माछापुच्छ्रे बैंकको बोनस...