back
CTIZAN AD

प्रिमियममा सोनापुर सिमेन्टको आईपीओ बिक्रि खुला

वि.सं.२०८० असोज १४ आइतवार

1.7K 

shares

काठमाडौं । सोनापुर मिनरल्स एण्ड ओइल लिमिटेड (सोनापुर सिमेन्ट) ले सर्वसाधारणका लागि आज असोज १४ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि ९७ लाख ३२ हजार ५ सय ४४ कित्ता शेयर निष्कासन गरेको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरेर प्रति कित्ता २३७.५८ मा शेयर बिक्री गर्न लागेको हो ।

कम्पनीका अनुसार यस निष्कासनमा छिटोमा असोज १७ र सो अवधिमा पूर्ण आवेदन नपरेमा ढिलोमा असोज २८ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १५ लाख कित्ताको आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि एनआईएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

कम्पनीले यस अघि नै आयोजना प्रभावित दाङ र रोल्पा जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि निष्कासन गरिएको शेयर बाँडफाँड गरिसकेको छ ।

सोनापुरले शेयर निष्कासन गरेपछि नेपाली पुँजीबजारमा सिमेन्ट कम्पनीको संख्या ३ पुग्ने कम्पनीले जनाएको छ । हाल शिवम सिमेन्ट र घोराही सिमेन्टको शेयर सुचिकृत छ । सर्वोतम सिमेन्टले पनि आईपीओ जारी गर्न अनुमति माग गरेको छ । सर्वोत्तमले भने बुक विल्डिङ विधिबाट शेयर निष्कासन गर्न अनुमति मागेको छ ।

प्रिमियममा आईपीओ निष्कासन गर्दै सोनापुर सिमेन्ट

वि.सं.२०८० असोज १४ आइतवार १५:०९ मा प्रकाशित

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...