back
CTIZAN AD

प्रिमियममा आईपीओ निष्कासन गर्दै सोनापुर सिमेन्ट

वि.सं.२०८० असोज ५ शुक्रवार

2K 

shares

काठमाडौं । सोनापुर मिनरल्स एण्ड ओइल लिमिटेड (सोनापुर सिमेन्ट) ले सर्वसाधारणका लागि असोज १४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि ९७ लाख ३२ हजार ५ सय ४४ कित्ता शेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरेर प्रति कित्ता २३७.५८ मा शेयर बिक्री गर्न लागेको हो। यस निष्कासनमा छिटोमा असोज १७ र सो अवधिमा पूर्ण आवेदन नपरेमा ढिलोमा असोज २८ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १५ लाख कित्ताको आवेदन दिन सकिने छ । शेयर निष्कासनको लागि एनआईएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

कम्पनीले यस अघि नै आयोजना प्रभावित दाङ र रोल्पा जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि निष्कासन गरिएको शेयर बाँडफाँड गरिसकेको छ ।

सोनापुरले शेयर निष्कासन गरेपछि नेपाली पुँजीबजारमा सिमेन्ट कम्पनीको संख्या ३ पुग्ने भएको छ । हाल शिवम सिमेन्ट र घोराही सिमेन्टको शेयर सुचिकृत छ । सर्वोतम सिमेन्टले पनि आईपीओ जारी गर्न अनुमति माग गरेको छ । सर्वोत्तमले भने बुक विल्डिङ विधिबाट शेयर निष्कासन गर्न अनुमति मागेको छ ।

वि.सं.२०८० असोज ५ शुक्रवार १२:३० मा प्रकाशित

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...