back
CTIZAN AD

रिगललाई जेलमै राख्नुपर्ने माग गर्दै भारतीले सुरु गरिन् माइतीघरमा अनशन

वि.सं.२०८० असोज १७ बुधवार

1.4K 

shares

काठमाडौं । आफ्ना श्रीमान चेतन प्रधानको हत्या अभियोगमा जेलमा रहेका योगराज ढकाल (रिगल)लाई सरकारले आम माफी दिएपछि उनकी श्रीमती भारती मानन्धरले अनशन सुरु गरेकी छन् ।

संविधान दिवसको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा आम माफी पाएपछि रिहा भएका रिगलको कैद मिनाहाविरुद्ध भारतीले अनशन सुरु गरेकी हुन् । भारतीले बुधबार बिहानदेखि अनशन बस्दै सरकारबाट आफूले न्याय नपाएसम्म घर नफर्किने पत्रकाहरुसमक्ष बताइन् ।

‘म मर्न तयार छु तर न्याय नपाएसम्म घर फर्किन्न ।’ भारतीले पत्रकारहरुसँग भनिन् । उनले रिगललाई पुनः जेल चलान गर्नुपर्ने माग गर्दै अनशन बसेकी हुन् ।

२०७२ सालमा असार २८ गते नेपालगन्जको धम्बोजी चोकमा भारतीका श्रीमानमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जेल बसेका रिगललाई सरकारले संविधान दिवसको अवसर पारेर कैद मिनाहा गरिदिएको थियो ।

जिल्ला अदालत बाँकेका न्यायाधिश विष्णु सुवेदीको इजलासले २०७६ साल बैशाखमा रिगललाई हत्या अभियोगमा सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो भने घटनामा संलग्न अन्य १० जनालाई प्रकृति हेरेर १०–१० वर्षको सजाय सुनाएको थियो ।

वि.सं.२०८० असोज १७ बुधवार १३:१० मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...