back
CTIZAN AD

भूकम्प अपडेट : बाजुरामा दुई घाइते, नौ घर पूर्ण क्षति

वि.सं.२०८० असोज १७ बुधवार

756 

shares

बाजुरा । मङ्गलबार बझाङको तलकोटमा ५ दशमलव ३ म्याग्नेच्युड र चैनपुर केन्द्रविन्दु बनाएर आएको ६ दशमलव ३ म्याग्नेच्युडको भूकम्पमा परी बाजुरामा दुईजना घाइते हुनाका साथै नौ घर पूर्ण रुपमा क्षती भएका छन् ।

घाइते हुनेमा बडीमालिका नगरपालिका–९ का प्रलोप डिजी र खप्तड छेडेदह गाउँपालिका–४ घर भई हाल बडीमालिका नगरपालिका–८ मा बस्दै आएका १३ वर्षीय सुन्दर सार्की रहेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

घाइते भएका डिजी घर अगाडिको आँगनमा खेल्दै गरेको बेला घरको छतबाट ढुङ्गा खसेर टाउकोमा चोट लागेको छ भने सार्की विद्यालय सञ्चालन भइरहेका बेला भूकम्प आएपछि आत्तिएर दौडिने क्रममा विद्यालयको सिँढीमा लडेर बायाँ हातको हड्डी चर्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए ।

उनका अनुसार घाइते भएका दुवै बालकको जिल्ला अस्पतालमा सामान्य उपचारपछि घर फर्किएका छन् । भूकम्पका कारण जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा छ घर र बूढीगङ्गा नगरपालिकामा तीन घर पूर्ण रुपमा क्षति भएको प्रहरी निरीक्षक भण्डारीले बताए ।

जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी चौकीलाई भूकम्पबाट क्षतिको विवरण सङ्कलनका लागि खटाएअनुसार प्रहरी टोलीले दिएको जानकारी अनुसार खप्तड छेडेदहमा ६ र बूढीगङ्गा नगरपालिकामा तीन घर पूर्ण रुपमा क्षति भएको बताए । उनका अनुसार भूकम्पका कारण १३ निजी घर र पाँच सरकारी भवन आंशिक रुपमा क्षति भएका छन् ।

भूकम्पबाट भएको थप क्षतिको विवरण सङ्कलन र स्थलगत अनुगमनका लागि जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल भूकम्पबाट प्रभावित क्षेत्रको अनुगमनमा जानसभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

भूकम्पबाट जिल्लाका बूढीगङ्गा नगरपालिका, खप्तड छेडेदह गाउँपालिका, त्रिवेणी नगरपालिका र बडीमालिका नगरपालिका प्रभावित बनेका छन् । भूकम्पले दर्जनौँ घर चर्किएर जोखिम हुनुका साथै फेरी भूकम्प आउने डरले खप्तड छेडेदह र बूढीगङ्गा नगरपलिकाका स्थानीय रातभर जाग्राम बसेका हुन् ।

बझाङ भूकम्पमा एक जनाको मृत्यु, १३५ घर भत्कियाे

 

वि.सं.२०८० असोज १७ बुधवार १५:१० मा प्रकाशित

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...