back
CTIZAN AD

माछापुच्छ्रे बैंकले आफ्नो २३ औं वार्षिकोत्सबको अवसरमा ल्यायो विभिन्न क्यासब्याक अफर

वि.सं.२०८० असोज १८ बिहीवार

1K 

shares

काठमाडौं । माछापुच्छ्रे बैंक २३ औँ वार्षिकोत्सब मनाएको छ । २३ वर्ष अघि पोखरामा क्षेत्रिय बैंकको रुपमा स्थापना भएको माछापुच्छ्रे बैंक २३ वर्ष पुरा गरेर २४ औं वर्षमा प्रवेश गरेको हो ।

बैंकले ग्राहकको अगाध माया र अटुट विश्वास, नियमकारी निकायको मार्गदर्शन, सेयरधनी सदस्यको भरोसा, कर्मचारीको अतुलनिय योगदानको फलस्वरुप आजको दिनमा आईपुग्दा व्यवसायिक बैंकहरुमा अब्बल बैंकको रुपमा स्थापित हुन सफल भएको बताएइको छ ।

वार्षिकोत्सवको अवसरमा बैँकले एक विशेष कार्यक्रम गरी २० वर्ष भन्दा बढी निरन्तर यस बैंकमा सेवा गरिरहेका कर्मचारीहरुलाई सम्मान प्रदान गरेको छ ।

उक्त कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष डा. उपेन्द्र महतोले २३ वर्ष सम्म बैंकको निरन्तर उन्नति एवं उत्तरोत्तर प्रगति तथा सम्वृद्धिका लागि अभिभावकको रुपमा निरन्तर मार्गदर्शन तथा साथ दिने सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, शेयरधनी सदस्य, सम्पूर्ण कर्मचारी एंव शुभचिन्तकहरु प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै आगामी दिनहरुमा पनि अझ गुणस्तरीय बैंकिङ्ग सेवा दिंदै थप उत्कृष्ट सुविधाहरु प्रदान गर्दै बैँकको संस्थागत सुशासनको महत्व मनन गरि संस्थागत सुशासन कायम राख्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यसै गरी सञ्चालक समितिका सदस्य जयमुकुन्द खनालले यस बैंकलाई यो स्थानमा ल्याउन सहयोग गर्ने सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, सेयरधनी सदस्य, सम्पूर्ण कर्मचारी एंव शुभचिन्तकहरुलाई बधाई तथा अटुट विश्वासका लागि धन्यवाद प्रकट गरे ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले स्मार्ट बैंक भन्ने मूल नाराका साथ डिजिटल इकोनोमिमा प्रभावकारी भुमिका खेल्दै आईरहेको माछापुच्छ्रे बैंकले आजको दिनसम्म आई पुग्दा आफुलाई स्मार्ट बैंकको रुपमा स्थापित गर्न सफल भएको र स्मार्ट तरिकाबाट ग्राहकहरुको चाहना तथा आवश्यकता बमोजिम नवीनतम, विश्वस्तरीय, भरपर्दो तथा गुणस्तरीय सेवा प्रदान गर्दै क्रमशः आफ्ना सेवाहरुलाई अझ सरल, सहज र विश्वसनिय ढङ्गले जिम्मेवारी बोध गर्दै समस्त राष्ट्रको आर्थिक विकासमा टेवा पुर्याउन निरन्तर लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।

साथै,  बैंकले आफ्नो २३ औं वार्षिकोत्सबको अवसरमा विभिन्न क्यासब्याक तथा अफरहरु ल्याएको छ । जसको उपयोग बैंकले प्रदान गर्दै आएको डिजिटल सेवा सुविधाहरु (एमबीएल एम स्मार्ट, डेबिट तथा क्रेडिट कार्ड ) बाट लिन सकिने बैंकले जनाएको छ ।

बैंकका अनुसार उक्त अफर अन्तर्गत २ जना भाग्यशाली फोनपे मरचेन्टले सामसुङ ट्याब्लेट, १ जना भाग्यशालीले ५०० रुपैयाँको क्यासब्याक प्रत्येक दिन पाउन सक्नेछन् । साथै, बैंकको १ जना ग्राहकले एमबिएल एम स्मार्टबाट फोनपे बिल्स माफर्त बिल भुक्तानी गर्दा निःशुल्क इन्टरनेट प्याकेज पाउन सक्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार यी अफरहरु आश्विन १५ देखि आश्विन ३०, २०८० गते सम्मको लागि लागु रहने छन् । साथै, बैंकका ग्राहकले दराज मार्फत डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २३ प्रतिशतसम्मको क्यासब्याक ५२३ र ७२३ रुपैयाँ, नेपालपे क्युआर मार्फत भुक्तानी गर्र्दा २३ प्रतिशत सम्मको क्यासब्याक २२३ रुपैयाँ, सिटीटेच को ३ जना फिनपोस मरचेन्टले प्रति दिन ५२३ रुपैयाँको रिचार्ज कार्ड, सिजी डिजीटल तथा सेलटेन नेपाल ले १ भाग्यशाली मरचेन्टलाई सिजी टिभि र सेलटेन मार्फत अनर फोन पाउन सक्नेछन् । साथै मोको मार्फत डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्र्दा २३ प्रतिशत सम्मको २३० रुपैयाँ क्यासब्याक उडान टिकटमा र एक भाग्यशाली विजेताले टपअपमा ५० रुपैयाँ पाईरहेका छन् । उक्त अफरहरु आश्विन ०१ गते देखि सुरु भएकोमा आश्विन १७ मा समाप्त हुनेछन् ।

हरेक क्षेत्र र वर्गका ग्राहकहरुलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०२ वटा एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको जनाएको छ ।

२३ वर्षअघि क्षेत्रीय स्तरको बैंकको रुपमा स्थापना भएको बैंकले यस अवधिमा विभिन्न आरोह अवरोह पार गर्दै बैंकले प्रदान गर्ने हरेक सेवा र सुविधामाआफूलाई स्मार्ट बैंकको रुपमा परिचित गराएको छ । बैंकले २३ औँ वार्षिकोत्सवको अवसरमा आगामी दिनहरूमा ग्राहकको चाहना अनुसार अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधि मैत्री सुविधाहरुमा जोड दिने प्रतिवद्धता गर्दै बैंकको २३ वर्षको गौरवमय यात्रामा साथ दिने सम्पूर्ण ग्राहक शेयरधनी, नियमनकारी निकाय, कर्मचारी एंव शुभचिन्तकमा बैंकले कृतज्ञता प्रकट गरेको छ ।

वि.सं.२०८० असोज १८ बिहीवार १२:५५ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ...

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि...

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...