back

भलिबलको विकासमा सरकारको विशेष ध्यान दिन जरुरी : मन्त्री शर्मा

वि.सं.२०८० असोज १८ बिहीवार

756 

shares

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको राष्ट्रिय खेल भलिबलको विकासमा विशेष ध्यान दिन जरुरी भएको बताएकी छिन् ।

गणतान्त्रिक खेलकुद महासङ्घले आयोजना गरेको ‘वीरजङ्ग स्मृति खुला पुरुष भलिबल प्रतियोगिता’को आज राजधानीमा उद्घाटन गर्दै मन्त्री शर्माले राष्ट्रका लागि खेल्ने खेलाडीलाई सबैले प्रोत्साहन गर्नुपर्नेमा जोड दिइन् ।

“खेलाडीले आर्थिक अभावमा पनि खेल्नु परिरहेको छ, खेलाडीको प्रोत्साहनका लागि सरकारले सेवा सुविधा थप गर्न आवश्यक छ”, उनिले भनिन्, “राष्ट्रियस्तरका खेलाडी बर्सेनि विदेशिनुपर्ने बाध्यतालाई रोक्नुपर्छ, खेल क्षेत्रमै सुनौलो भविष्य निर्माण गर्न सरकारले आवश्यक कदम चाल्नुपर्छ ।”

प्रधानमन्त्री आफँैले खेलाडीको आत्मबल बढाउन विभिन्न योजना तथा पुरस्कारको व्यवस्था गरेकाले खेलाडीप्रति वर्तमान सरकार सकारात्मक रहेको स्पष्ट हुन्छ भन्दै सञ्चारमन्त्री शर्माले देशको गरिमा बढाउने खेलकुद क्षेत्रलाई सधैँ प्राथमिकतामा राखिएको बताइन् ।

उक्त प्रतियोगिता असोज २१ गतेसम्म हुने सञ्चालन हुनेछ ।

वि.सं.२०८० असोज १८ बिहीवार १८:०२ मा प्रकाशित

Himalayan Life AD
‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण

‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण

पाटन (ललितपुर) । नेपाली कांग्रेसका युवाहरूले ‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी...

नेपालबाट बाहिरीयो मनसुन, आज कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना !

नेपालबाट बाहिरीयो मनसुन, आज कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना !

काठमाडौँ । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट बहिर्गमन भएकाले...

जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रिया थप सहज, के छ नयाँ व्यवस्थामा ?

जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रिया थप सहज, के छ नयाँ व्यवस्थामा ?

काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गतेको ‘जेनजी’...

प्रचण्डको दाबी: प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति नै केपी ओलीको सिफारिसमा भएको हो

प्रचण्डको दाबी: प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति नै केपी ओलीको सिफारिसमा भएको हो

ललितपुर । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक काठमाडौ...

मनास्लु आरोहीबाट १५ करोड राजस्व सङ्कलन

मनास्लु आरोहीबाट १५ करोड राजस्व सङ्कलन

  गोरखा । यहाँ अवस्थित मनास्लु हिमाल आरोहीबाट रु १५...