back
CTIZAN AD

एमाले गण्डकी प्रदेशको अध्यक्षमा नवराज शर्मा विजयी

वि.सं.२०८० असोज १९ शुक्रवार

1.2K 

shares

गण्डकी । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको पहिलो अधिवेशनबाट अध्यक्षमा नवराज शर्मा विजयी भएका छन् । गए राति सार्वजनिक भएको मत परिणामअनुसार अध्यक्षका अर्का प्रतिस्पर्धी मायानाथ अधिकारीलाई एक सय ६६ मतान्तरले हराउँदै शर्मा विजयी भएका हुन् ।

शर्माले पाँच सय ३१ मत ल्याउँदा अधिकारीले तीन सय ६५ प्राप्त गरे । म्याग्दीका शर्मा यसअघिको प्रदेश कमिटीमा पनि अध्यक्षको भूमिकामा थिए ।

यस्तै पाँच सय ३४ मतसहित उपाध्यक्षमा मीनप्रसाद गुरुङ विजयी भए भने उपाध्यक्षका अर्का उम्मेदवार बाबुराम सुनारले तीन सय ७२ मत प्राप्त गरे । सचिवमा धनञ्जय दवाडीले पाँच सय २० ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी रश्मी आचार्यले तीन सय ६७ मत पाएको प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापामगरले जानकारी दिए ।

उपसचिवमा चार सय ९९ मतसहित दामबहादुर विक विजयी हुँदा उनका प्रतिस्पर्धी सन्तोष रावलले तीन सय ९७ मत प्राप्त गरे । उपसचिव महिलातर्फ पाँच सय ३१ मत ल्याएर मञ्जु गुरुङ विजयी भइन् भने उनका प्रतिस्पर्धी मीना गुरुङले तीन सय ६५ मत प्राप्त गरिन् ।

बिहीबार भएको मतदानमा कुल नौ सय सात प्रतिनिधिमध्ये आठ सय ९६ जनाले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत थापामगरले जानकारी दिए । अधिवेशनबाट पाँच पदाधिकारीसहित विभिन्न ‘कलस्टर’बाट एक सय ६५ उम्मेदवार निर्वाचित भएका छन् ।

वि.सं.२०८० असोज १९ शुक्रवार ०७:०७ मा प्रकाशित

बढ्यो अण्डाको मूल्य, नयाँ मूल्य कति ?

बढ्यो अण्डाको मूल्य, नयाँ मूल्य कति ?

काठमाडौं, । देशभर बर्डफ्लूको प्रभाव कम हुँदै अण्डा उत्पादन र...

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न...

बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी

बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी

काठमाडौँ । चालु आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न...

सुन किन्नेलाई झट्काः पाँच हजारभन्दा बढीले बढ्यो सुनको मूल्य

सुन किन्नेलाई झट्काः पाँच हजारभन्दा बढीले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ...

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन...

आन्तरिक राजस्व कार्यालयद्वारा २७ अर्ब राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालयद्वारा २७ अर्ब राजस्व सङ्कलन

चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा रु...