back

लघुकथा : जनावर

वि.सं.२०८० असोज २० शनिवार

1.7K 

shares

सुरेश राई, खोटाङ,हाल-द.कोरिया

घरमा एउटा साथी जनावर भित्राउने सामूहिक फैसला खुसीखुसी गरियो । मैले भोटे कुकुरको प्रस्ताव राखेँ । सबैले आत्तिँदै हतार–हतार हुन्नहुन्न भने ।

श्रीमतीले त अचम्मै गरि भनी ‘बरु मलाई त एउटा लोकल जातिको कुखुरै ल्याईदिनुस् । म त्यसलाई त्यो बाँचुन्जेल एक्लै रेखदेख गरुँला । बरु कस्सैले हेल्प नगरे पनि हुन्छ ।’
हामी सबै आत्तिँदै एकै स्वरमा चिच्यायौँ ‘नो वे !!! ’

छोरोले भन्यो ‘कुकुर चाहिँ कुकुरै ल्याउँ । तर जर्मन सेफर्ड जातको ल्याउँ ।’ म चुप बसेँ । श्रीमती र छोरीले असहमति जनाए– ‘हुन्न…हुन्न । त्यो छुचो हुन्छ । पाहुनालाई टोक्यो भने ?’

छोरीले बिरालो ल्याउने प्रस्ताव राखी । सुरुमा हामी तीनै जनाले असहमति जनायौं । अन्तमा निकै लामो बहसपछि बिरालोमा कुरा टुङ्गियो । छोरो रिसले बहिनीलाई धम्क्याउँदै ‘तेरो बिरालो ल्याको भोलिपल्टै छतबाट फ्याल्दिन्छु ।’ भन्दै आफ्नो कोठातिर लम्कियो ।

अर्को दिन घरमा सेतोखैरो मिसिएको सुन्दर जनावर बिरालो भित्रियो । श्रीमतीले त्यसको बस्ने ठाँउ बनाईदिइ । छोरोले मुर्मुरिँदै भन्यो कि त्यसको नाम चै उसैले राख्न पाउनु पर्छ । मैले त्यसको औसधिमुलोको जिम्मेवारी पाएँ । यसरी एउटा जनावरले हाम्रो पारिवारिक हैसियत प्राप्त गर्यो ।

छोरोले बिरालोको नाम नाबीया राखिदियो । म सोफामा बसेर नाबीयासँग खेलिरहेको थिएँ । ठिक त्यति नै बेला टेलिभिजनमा गाई काटेर खाएको भनेर हंगामा मच्चिएका खबरहरु बज्दै रहेछन् । टेलिभिजनको ठ्याक्कै माथितिर झुन्डिरहेको एउटा भित्तेपात्रोमा गाईको तस्बिर सहित ‘गाई हाम्रो राष्ट्रिय जनावर हो ।’ लेखिएको थियो ।

मैले एक नजर नाबीयालाई हेरेँ; एक नजर समाचारलाई हेरेँ; एक नजर गाईको तस्बिरलाई हेरेँ ।

वि.सं.२०८० असोज २० शनिवार ०८:४७ मा प्रकाशित

Himalayan Life AD
हाइज्याक

हाइज्याक

सिंहदरवार बनिरहेको थियो ज्वालामुखी तुवाँलोको मुस्लो र रापभित्र पिडाको आँसु...

साहित्यकार वियोगीसँग विद्यार्थीको सिर्जनशील एवम् साहित्यिक कार्यक्रम

साहित्यकार वियोगीसँग विद्यार्थीको सिर्जनशील एवम् साहित्यिक कार्यक्रम

स्याङ्जा । विद्यार्थीहरूको सिर्जनशील विकासका लागि मध्यनजर राखी दहथुम माध्यमिक...

लघुकथा : मरिच मन

लघुकथा : मरिच मन

बिष्णुकुमार बराइली, मिरिक, दार्जीलिङ धनमान गजक्क छ । उ आफैमा...

झिल्का कविता

झिल्का कविता

साजन पौडेल (सञ्जय), देवघाट–५, तनहूँ १. पाइन्न कहिल्यै देखेको मेटेर...

मुक्तक

मुक्तक

इन्दिरा रेग्मी,नुवाकोट, अमारे १. सकुन्जेल थोरै थोरै कमाउनु पर्ने रहेछ...

नवरात्र सुसेली

नवरात्र सुसेली

दुर्गा अधिकारी भमरकोटे,हाल–कपन १. घटस्थापना नवदुर्गा भवानी प्रतिष्ठापना । २....