back

झिल्का कविता

वि.सं.२०८२ असोज १८ शनिवार

477 

shares

साजन पौडेल (सञ्जय), देवघाट–५, तनहूँ

१.
पाइन्न कहिल्यै देखेको
मेटेर कहाँ मेटिन्छ ?
निधारमा भावीले लेखेको ।

२.
सम्झिएर देशको माटो
परदेशमा पसिना बगाउँदा
मुटुमा प¥यो गाँठो ।

३.
अनौठौ माया भेटियो
बिछोडको त्यो करौतीले
मुटु, कलेजो रेटियो ।

४.
दुखाउनलाई यो छाती
बेला, कुबेला तिम्रा
यादहरू नआएकै जाती ।

५.
गाउँमा फुल्ने तितेपाती
लगेछ सायद बाढीले
सपनीमा दुःख्दैछ छाती ।

६.
मानिसको जीवन कहानी
मरेपछि हुन्छ शरीर
ढुङ्गा, माटोको सिरानी ।

७.
मनको तृष्णा मेटिएन
खोजी हेरेँ मानवता
कहीँ, कतै भेटिएन ।

८.
हुन्छ, सबैको जीत
लगाउन सकेमा मनैदेखि
सधैँ चोखो प्रीत ।

९.
सजाएर लालीगुराँस आँखामा
घन्किदैछ असारे गीत
मेरो पहाडी पाखामा ।

१०.
बाचौँ जिन्दगी हाँसेर
उदार मनले दुनियाँसँगै
प्रीतिको फूल गाँसेर ।

वि.सं.२०८२ असोज १८ शनिवार १०:४१ मा प्रकाशित

Himalayan Life AD
‘कृष्ण र कंस संवाद’ खण्डकाव्यको लोकार्पण

‘कृष्ण र कंस संवाद’ खण्डकाव्यको लोकार्पण

दाङ । साहित्यकार महेश्वर शर्माको दोस्रो कृति ‘कृष्ण र कंसको...

स्याङ्जामा देवकोटा साहित्य उत्सव– २०८२ सम्पन्न

स्याङ्जामा देवकोटा साहित्य उत्सव– २०८२ सम्पन्न

भीरकोट, बलमाटा । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्तीको सन्दर्भमा...

गजल

गजल

नवराज न्यौपाने ’मौन’ मातातिर्थ, काठमाडौँ परेलीमा झनै धेरै कथा बक्ने...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव वसन्तविहार, घोराही, दाङ १. समृद्धि ल्याउँछु भनी गफैमा...

लघुकथाः परित्यक्त

लघुकथाः परित्यक्त

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर सबैले भन्थे—“यस स्थानमा शान्ति...

कविता : खोल्ने भएछन् दल

कविता : खोल्ने भएछन् दल

घनश्याम पौडेल, पोखरा, कास्की राम्रा मानिस सर्दछन् पर अझै पर्ला...