back

लघुकथा : मरिच मन

वि.सं.२०८२ असोज १८ शनिवार

498 

shares

बिष्णुकुमार बराइली, मिरिक, दार्जीलिङ

धनमान गजक्क छ । उ आफैमा सम्पन्न छु सोच्छ । कसैको कुरा उ मान्दैन र सुन्दैन पनि, जे इच्छा हुन्छ उ त्यही गर्छ । उ आफैलाई गायक र लेखक भन्छ । तर कसैलाई उसले मार्गदर्शन गराउँदैन । हो, उ लेख्छ र गाउछ पनि । उभित्र कला र गला भने छ । तर, उ कुँवाको भ्यागुता नै छ । जमाना कहाँदेखि कहाँ पुगिसक्यो तर उ पूर्वाग्रहमा बाँच्छ । अचम्मको छ उसको व्यवहार । जहाँ उसको कदर छैन, त्यहाँ उ लागि पर्छ । तर जहाँ उसलाई मान सम्मान गरिन्छ त्यहाँ उ जाँदैन । बरू तिनीहरूको कमी कमजोरी केलाउँछ । बेला बखत देखा परेता पनि साथ भने कहिल्यै मनबाट दिँदैन । आफ्नो गाउँ ठाउँको भलो उ चाहँदैन । बहिरकै भलो सोच्नु बढ़ीबढ़ाइ गर्नमा उसलाई फुर्सद नै हुँदैन । नभन्दै त्यतैतिर धाउँछ जहाँ उसलाई सधैँ पछि पार्दछन् । उसको योग्यतालाई दबाउछन् । यसैले झ किन चाउरी परिस् मरिच आफ्नै चालले’, भन्ने उखान उमाथि सतप्रतिशत मेल खान्छ । तथापि उ आफैभित्र मग्न छ ।

घरछेऊको लुते भने सधैँ उसलाई सम्झाउँछ । साथ माग्छ नजाऊ दाइ अन्त हामी मिलेर आफ्नै गाउँ बनाऔँ । तर धनमानको हृदय कहिल्यै पग्लिदैन । लुतेको अनुरोध उसलाई व्यर्थको लाग्छ । किनकि उ कसैलाई अघि बढेको हेर्न चाहँदैन । उ स्वार्थी र अहङ्कारी छ ।
एकदिन लुतेले गाउँमा सानोतिनो साङगितिक कार्यक्रम राख्यो । गाउँका नव प्रतिभाहरूले मौका पाए गाउँलेबाट शुभकामना र साथ पायो । टाढाबाट पहुनाहरू आए । लुतेको सराहना गरे । धनमान भने कार्यक्रममा देखिएन । उ अर्कै कार्यक्रममा गयो । केवल मुकदर्शक बनेर फर्कियो। भोलिपल्ट धेरैले उसलाई कार्यक्रममा किन नआएको ? आफ्नो प्रस्तुति नदिएको ?, भनेर सोधे । आफ्नो अहङ्कारमा डुबेको धनमानले छोटो उत्तर दियो, ‘मलाई आफ्नो ठाउ साँघुरो लाग्छ ।’

गाउँको मायाले ओतप्रोत लुते आजभोलि समाजसेवामा लागिरहेको छ। गाउँलेहरू उसैको प्रशंसा गर्छन् ।

 

वि.सं.२०८२ असोज १८ शनिवार १०:४७ मा प्रकाशित

Himalayan Life AD
‘कृष्ण र कंस संवाद’ खण्डकाव्यको लोकार्पण

‘कृष्ण र कंस संवाद’ खण्डकाव्यको लोकार्पण

दाङ । साहित्यकार महेश्वर शर्माको दोस्रो कृति ‘कृष्ण र कंसको...

स्याङ्जामा देवकोटा साहित्य उत्सव– २०८२ सम्पन्न

स्याङ्जामा देवकोटा साहित्य उत्सव– २०८२ सम्पन्न

भीरकोट, बलमाटा । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्तीको सन्दर्भमा...

गजल

गजल

नवराज न्यौपाने ’मौन’ मातातिर्थ, काठमाडौँ परेलीमा झनै धेरै कथा बक्ने...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव वसन्तविहार, घोराही, दाङ १. समृद्धि ल्याउँछु भनी गफैमा...

लघुकथाः परित्यक्त

लघुकथाः परित्यक्त

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर सबैले भन्थे—“यस स्थानमा शान्ति...

कविता : खोल्ने भएछन् दल

कविता : खोल्ने भएछन् दल

घनश्याम पौडेल, पोखरा, कास्की राम्रा मानिस सर्दछन् पर अझै पर्ला...