back
CTIZAN AD

पर्याकविता : फलको दुखेसो

वि.सं.२०८० असोज २० शनिवार

1.4K 

shares

कृष्ण बाउसे

एउटा बोट थियो
म थिएँ उसको हाँगाको फल ।
नङ र मासुको प्रेममा
कुन दुष्टको आँखा लागेछ !
हेर्दाहेर्दै
बोटलाई नाङ्गेझार पारियो
र कटमिरो मलाई पियाइयो
पानीमा कार्बाइड घोलिएको विषाक्त झोल ।

अनि
चिसा कारागारहरूमा कोचेर
बिरालोले मुसो खेलाएझैँ खेलाइ खेलाइ
जबर्जस्ती सफा गर्न पठाइयो मलाई
ढल पुग्नु अघिको कसैको दुर्गन्धित मल ।

मेरो जीवनाधार बोटको वंशवृद्धिका लागि
म भित्रका बियाँहरूलाई सिङ्गै निलेर
आफ्नो बिस्टाका साथ माटोमा सेचन गर्दै हिड्ने
ए मेरा प्रिय चरी !
हेर न !
न मलजल गर्नेलाई नै राम्रो पुरस्कार दिन सकेँ मैले
न त दिन सकेँ खानेलाई नै आरोग्य !

केवल नाफाखोरको स्वार्थपूर्तिका निम्ति
व्यर्थै लुटियो
घामले तातेर
गिलित्तै हुनेगरी पाकेर
पहिला अघाउँजी तिम्रो चुम्बा खाने
अनि
खोजी खोजी भोकाएकाहरूलाई
माया बाँड्दै हिड्ने
मेरो मनको अन्तिम रहर ।

 

वि.सं.२०८० असोज २० शनिवार ०८:४९ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...