back
CTIZAN AD

एसियाड : महिला भलिबलमा नेपालको सान्त्वना जित

वि.सं.२०८० असोज २० शनिवार

1.2K 

shares

काठमाडौँ । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत नेपालले महिला भलिबलमा सान्त्वना जित हासिल गरेको छ । नेपालले मङ्गोलियालाई ३-२ सेटले पराजित गरेको हो । जितसँगै नेपाल जारी प्रतियोगितमा ११औँ स्थानमा रहन सफल भएको छ । महिला भलिबलमा १३ मुलुक सहभागी भएका थिए ।

आजको खेलमा पहिलो सेट मङ्गोलियाले २५-१७ अङ्कले जित्यो । दोस्रो सेटमा भने नेपाल २५-१८ अङ्कले विजयी भयो । तेस्रो सेटमा पनि नेपाल २५-२१ अङ्कले विजयी बन्यो । चौथो सेटमा मङ्गोलियाले नेपाललाई २५-१८ अङ्कले उछिन्यो । अन्तिम सेटमा नेपाल १५-१२ अङ्कले विजयी बन्यो ।

यसअघि शुक्रबार भएको खेलमा नेपाल हङकङसित ३-० को सोझो सेटमा पराजित भएको थियो । हङकङले नेपाललाई २५-२२, २५-१६ र २५-१८ अङ्कले पराजित गरेको थियो । यस्तै बुधबार भएको खेलमा नेपाल भारतसित ३–१ सेटले पराजित भएको थियो । भारत उक्त खेलमा २५-२३, २६-२८, २५-२३ र २५-१७ अङ्कले विजयी भएको थियो ।

यसअघि नेपाल समूह चरणको पहिलो खेलमा भियतनामसित ४-२५, १६-२५ र १३-२५ अङ्कले तथा दोस्रो खेलमा दक्षिण कोरियासित २१-२५, १४-२५ र ११-२५ अङ्कले पराजित भएको थियो ।

वि.सं.२०८० असोज २० शनिवार १३:३५ मा प्रकाशित

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य एवं...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

मन्त्री वादी र सांसद प्रसाईंबीच छलफल

मन्त्री वादी र सांसद प्रसाईंबीच छलफल

काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं। नेपाल प्रिमियर लिग ९एनपीएल० टोली सुदूरपश्चिम रोयल्स र मार्भल...

मिटरब्याजका फर्जी लिखत अवैध, पोखरा-भैरहवा उडानमा शुल्क छुट

मिटरब्याजका फर्जी लिखत अवैध, पोखरा-भैरहवा उडानमा शुल्क छुट

काठमाडौँ। सरकारले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय...

अमेरिकी दूतावासको सुझाव – आफ्नो आवेदन आफैं भर्नुहोस्

अमेरिकी दूतावासको सुझाव – आफ्नो आवेदन आफैं भर्नुहोस्

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा ठगीका घटनाप्रति सचेत रहन...