back
CTIZAN AD

सांसद पौडेल भन्छन्-नागरिकबाट पार्टीको नेतृत्व चयन हुने व्यवस्था हुनुपर्छ

वि.सं.२०८० असोज २१ आइतवार

1.6K 

shares

रामपुर (पाल्पा) । नेपाली कांग्रेसका युवानेता तथा सांसद प्रदीप पौडेलले पार्टीको नेतृत्व आम जनताबाट चुनिने व्यवस्था हुनुपर्ने बताएका छन् । उनले भने,“ पार्टीभित्र गुटबन्दी मौलाएका कारण पार्टीलाई सही दिशामा अगाडि बढाउन सक्षम, योग्य नेतृत्व चयन गर्ने अधिकार आमनागरिकमा दिनुपर्छ ।”

नेपाली कांग्रेस रामपुर नगरपालिका पाल्पाको प्रथम नगर सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उनले आमनागरिकबाट नेतृत्व चयन गर्ने व्यवस्था लागू भयो भने पार्टीभित्र हुने गुटबन्दीको अन्त्य हुने विश्वास व्यक्त गरे ।

उनले भने, “देशको महत्त्पूर्ण कालखण्डमा नेतृत्वदायी भूमिका निर्वाह गरेको कांग्रेस पार्टी अहिले कांग्रेसको पहिचानभन्दा पनि कांग्रेसभित्र गुटको पहिचान रहेको छ । नेपाली समाजको पार्टी रहेको कांग्रेस प्रतिस्पर्धामा खुला ढङ्गले उत्रनुपर्छ । ”

कांग्रेस जिल्ला कार्यसमिति पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले जिल्लाका सबै वडा र पालिकामा भेला सम्पन्न गरिसकेको जानकारी गराउदै पार्टीमा योगदान गरेका ज्येष्ठ सदस्यलाई सम्मान, पार्टी सुदृढीकरण, सामाजिक कार्य र हितका विभिन्न कार्यमा पार्टीले महत्त्वपूर्ण काम गरेको बताएका छन् ।

वि.सं.२०८० असोज २१ आइतवार ०७:३९ मा प्रकाशित

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा अचानक आएको...

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ बाढी...

प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाह...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूलाई...

बेत्रावती बगरमा देखिए शव, फिनेल र बलिया प्लास्टिक ब्याग उपलब्ध गराउन अपिल

बेत्रावती बगरमा देखिए शव, फिनेल र बलिया प्लास्टिक ब्याग उपलब्ध गराउन अपिल

नुवाकोट । बेत्रावती बगर क्षेत्रमा बाढीपछि धेरै शव देखिन थालेको...

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आइतबार बिहानबाट सडक भासिन थालेपछि...