back
CTIZAN AD

शिक्षामन्त्री राईले विद्यालय शिक्षा विधेयकमा उठेका प्रश्नहरुको संसदमा जवाफ दिने

वि.सं.२०८० असोज २१ आइतवार

1.1K 

shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले आज संसदमा विद्यालय शिक्षा विधेयकका उठेका पश्नहरुको जवाफ दिने कार्यसूची छ ।

गत शुक्रबारको बैठकमा विधेयकमाथि भएको सैद्धान्तिक छलफलमा ८५ जना सांसदले भाग लिएका थिए । त्यसक्रममा सांसदहरुले प्रस्तावित विधेयकले संविधानको मर्म र भावना बोके नबोकोको विषयमा धारणा राखेका थिए ।

संविधानमा आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क भनिएको छ । माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने भनेको छ । यो कार्यान्वयन नहुने गरी विधेयक आएको सांसदहरुको टिप्पणी छ ।

आधारभूत र माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहको एकल अधिकार क्षेत्रभित्रको विषय भएको तर सरकारले केन्द्रिकृत सोचबाटै विधेयक ल्याएको भनेर सांसदहरुले सरकारको जवाफ मागेका छन् ।

सांसदहरुले शिक्षकहरुसँग भएको सहमति कार्यान्वयनको सुनिश्चितता खोजेका छन् । शैक्षिक बेरोजगारलाई ख्याल गर्नुपर्ने विषयमा सांसदहरुको जोड छ ।

यी लगायतका विषयमा शिक्षामन्त्री राइले संसदमा जवाफ दिने कार्यसूची छ ।

साथै, संसदमानै प्रतिनिधि सभाको बैठकमा विद्युत विधेयक पेश गर्ने कार्यसूची पनि छ । बैठकमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेतले “विद्युत विधेयक, २०८० माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

 

वि.सं.२०८० असोज २१ आइतवार १२:२७ मा प्रकाशित

विद्युतमा लगाइएको भ्याट तत्काल खारेज गर्न कुलमान घिसिङको आग्रह

विद्युतमा लगाइएको भ्याट तत्काल खारेज गर्न कुलमान घिसिङको आग्रह

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक तथा उज्यालो पार्टी...

श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन

श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन

काठमाडौँ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिक तथा पीडितले...

शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया

शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया

काठमाडौँ । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको तीन...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

समितिले थाल्यो कानुन कार्यान्वयन अवस्थाको अध्ययन

समितिले थाल्यो कानुन कार्यान्वयन अवस्थाको अध्ययन

काठमाडौँ । राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिले हाल कार्यान्वयनमा रहेका विभिन्न...

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति

काठमाडौँ । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा...