back
CTIZAN AD

इजरायलमा रहेका नेपालीको उद्धार तथा स्वदेश फिर्ता ल्याउने व्यवस्था गर्न कांग्रेसको आग्रह

वि.सं.२०८० असोज २१ आइतवार

1.6K 

shares

काठमाडौं । नेपाली कांग्रेसले इजरायलमा रहेका नेपालीको उद्धार तथा स्वदेश फिर्ता ल्याउने व्यवस्था गर्न आग्रह गरेको छ ।

कांग्रेसले इजरायलका विभिन्न स्थानमा भएको आक्रमणमा परी करिब एक दर्जन घाइते भएको र केही नेपालीलाई कब्जामा लिइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उक्त घटनाको घोर भत्र्सना समेत गरेको छ ।

इजरायलमा विभिन्न कायरणले बसोबास गर्दै आएका नेपालीहरुको एकिन तथ्यांक पत्ता लगाई उनीहरुको जीवन रक्षा र तत्काल सुरक्षित स्थानमा पुर्याउनुका साथै आवस्यक उद्धार गर्ने र यथासम्भव स्वदेश फर्काउनका लागि नेपाल सरकारले अविलम्ब कुटनीतिक पहल गर्न समेत कांग्रेसले जोडदार माग गरेको छ ।

‘इजरायलमा कार्यरत नेपालीहरुलाई स्वदेश फर्कने वातावरण निर्माण गरिदिन मित्रराष्ट्रहरु, अन्तराष्ट्रिय मानव अधिकारवादी संघ संस्था, आप्रवास सम्बन्धी संगठन (आइओएम), अन्तराष्ट्रिय रेडक्रस समिति लगायत सम्बद्ध सबै अन्तराष्ट्रिय समुदायसँग नेपाली कांग्रेसका तर्फबाट हार्दिक अपिल गर्दछु,’ सभापति शेरबहादुर देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै अप्ठेरोमा परेका नेपालीहरुले आवस्यक सहयोगका लागि इजरायलस्थित नेपाली दूतावास एवं नेपाली जनसम्पर्क समितिमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

 

वि.सं.२०८० असोज २१ आइतवार १७:२७ मा प्रकाशित

सर्पले डसेकी महिलाको मृत्यु

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली । चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले...

राष्ट्रियसभाः ग्यासको सकस समाधान गर्न सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाः ग्यासको सकस समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने एलपी ग्यास बिक्री वितरणमा...

सरकारी कार्यालयमा दिइने निवेदनको ढाँचामा एकरूपता ल्याइने, मागर्दशन जारी

सरकारी कार्यालयमा दिइने निवेदनको ढाँचामा एकरूपता ल्याइने, मागर्दशन जारी

काठमाडौँ । सरकारले सरकारी कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवाका लागि...

राष्ट्रियसभा बैठक सुरु

राष्ट्रियसभा बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुुरु भएको छ । सभाको आजको...

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

काठमाडौं । भारतीय इलेक्ट्रिक कमर्सियल भेहिकल ब्रान्ड मोन्ट्रा इलेक्ट्रिकले आफ्नो...

ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी

ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास आपूर्तिको...