back
CTIZAN AD

एनआरएनएको सचिव पदमा लोक दाहालद्वारा उम्मेदवारी दर्ता

वि.सं.२०८० असोज २४ बुधवार

1.3K 

shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न ११ औं महाधिवेशन तथा विश्व सम्मेलनका लागि एनआरएनएको सचिव पदमा लोक दाहालले उम्मेदवारी दिएका छन् ।
संघको वर्तमान कोषाध्यक्ष रहेर काम गरेका दाहालले आगामी २०२३–२०२५ का लागि सचिव पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

विगत १५ वर्षदेखि बेल्जियमलाई कर्मथलो बनाउँदै आएका सफल ब्यवसायी दाहाल एनआरएनए बेल्जियमको महासचिव, अध्यक्ष, केन्द्रीय सहकोषाध्यक्ष हुँदै हाल कोषाध्यक्ष समेतको सक्रिय भूमिका निर्वाह गरिरहेका छन् ।

संगठनभित्र हुने बहस र बिवादमा सधैं मध्यमार्गी भुमिकामा रहेर संस्थाको हितमा आफ्नो अभिमत राख्ने गरेका दाहाललाई यस अभियानको आशा लाग्दो नेताका रुपमा हेरिएको छ । दाहाल आसन्न ११ औ महाधिवेशनमा अग्रस्थानमा छन् ।

संस्थाको अवस्थालाई फेर्न इमान्दार मान्छेहरूले सकारात्मक सोच र मजदुरहरूको बीच बसेर समस्याहरूलाई आफनो समस्या सम्झिएर प्रवाशीहरूको पीडालाई प्रतिनिधित्व गर्न सक्ने व्यक्तित्व दाहाल लामो समयदेखी एनआरएनमा क्रियाशील र सामाजिक अभियन्ता हुन् ।

एनआरएनएलाई मितव्ययी र पारदर्शी बनाउनुको साटो भड़किलो र सस्तो लोकप्रियतामा रमाउन नहुने विचारमा अडिग रहेका दाहाल एनआरएन अभियानमा विगत १५ वर्षदेखि निरन्तर सक्रिय छन् ।
नेतृत्वमा रहदा विगतका अनुभवहरुमार्फत संघको अभियानलाई थप सशक्त बनाउन र संस्था सुदृढ बनाउदै लैजान उनी एनआरएनए बेल्जियमको महासचिव, अध्यक्ष, आइसिसीको सहकोषाध्यक्ष हुँदै आसन्न ११ औ महाधिवेशनको सचिव पदमा आफनो उम्मेदवारी दर्ता गराएको बताउँछन् ।

वि.सं.२०८० असोज २४ बुधवार १३:२६ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

महेन्द्रनगर । नेपाली सेनाको श्रमदानमा कञ्चनपुरको महाकाली नदीस्थित चार लेनको...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...