back
CTIZAN AD

भेपमा राखेर तस्करी गरिएको सुन प्रकरणमा राहुल महरासहित चारजनाविरुद्ध मुद्दा दायर

वि.सं.२०८० असोज २४ बुधवार

1.5K 

shares

काठमाडौं । इलेक्ट्रिक चुरोट (भेप) भित्र राखेर ९ किलो सुन तस्करी गरेको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्ण बहादुर महराका छोरा राहुल महरासहित चारजनाविरुद्ध मुद्दा दायर भएको छ ।

सीआइबीले राहुल महरासहित सर्लाही घर भइ काठमाडौं नार्गाजुन बस्ने लोकेन्द्र बहादुर पौडेल, काठमाडौं बौद्धका निमा गुरुङ र बेल्जियन नागरिक दावा छिरीङ शेर्पाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । यद्यपी निमा फरार रहेका छन् ।

सरकारी वकिलको कार्यालय काठमाडौंले महरासहित चारैजनालाई प्रतिवादी बनाउँदै बुधबार मुद्दा दर्ता गरेको हो । चारजनामा लोकेन्द बहादुर पौडेल सुन तस्करी प्रकरणका मुख्य नाइके दाहोजिन वाङका सवारी चालक हुन् ।

गतवर्ष पुष १० गते फ्लाइ दुवईबाट नेपाल आएका चिनियाँ नागरिक ली हाङसनले ७३ वटा बट्टामा रहेको ७३० वटा लुकाएर ल्याएको ८ करोड ५५ लाख बराबरको ९ किलो सुन बरामद भएको थियो । उक्त सुन भन्सार कार्यालयबाट बाहिरीएपछि घटना बाहिरीएको र सिआइबीले अनुसन्धान गरी उनीहरुमाथि मुद्दा चलाएको थियो ।

उक्त भेपमा लुकाएर ल्याइएको सुन छुटाउन कृष्ण बहादुर महरा र राहुल महरालगायतले भन्सार प्रमुखलाई नै फोन गरेर दबाब दिएको समाचार सार्वजनिक भएको थियो । यद्यपी कृष्ण बहादुर महराले त्यसमा सुन भएको थाहा नभएकोले आफुले फोन गरेर भेप रोकिनुको कारण सोधेको बताउँदै आएका छन् । उनले उक्त घटनामा राहुल महराको संलग्नताबारे आफुलााई कुनै जानकारी समेत नभएको बताउँदै आएका छन् ।

 

वि.सं.२०८० असोज २४ बुधवार १३:११ मा प्रकाशित

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले त्रिभुवन...

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

काठमाडौं। ऊर्जा क्षेत्रका विज्ञ डा. रामप्रसाद धिताल खुला प्रतिस्पर्धामार्फत पुनः...

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र...

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

काठमाडौं। अभिनेता राजेश हमालले राष्ट्र निर्माण र देशको विकास संयोग,...

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै...

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

काठमाडौं, साउन ७ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले करदातालाई त्रसित...