
काठमाडौं । इजरायलमा रहेका नेपालीहरूलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैं गएका छन् ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले राति ११ बजे जाने नेपाल एयरलाइन्सको विमानमा परराष्ट्रमन्त्रीलाई पठाउने निर्णय गरेको थियो । तर उनी बिहान तीन बजेपछि मात्रै इजरायलका लागि उडरेका छन् । चालक दलका सदस्यलाई मात्रै इजरायल जाने अनुमति भएपछि उनी जाने टुंगो थिएन ।
लडाकु समूह हमासले शनिबार इजरायलको दक्षिणी क्षेत्रमा गरेको आक्रमणमा परी १० जना नेपालीले ज्यान गुमाएका छन् भने ४ जना घाइते भएका छन् । एकजना अझै सम्पर्कबिहीन छन् ।
तनावग्रस्त क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरुलाई इजरायली सुरक्षा संयन्त्रले उनीहरूलाई सुरक्षित स्थानमा सारेका छन् । करिव ४०० नेपालीले घर फर्किन विवरण टिपाएको तेल अबिबस्थित नेपाली दूताबासले जनाएको छ ।
वि.सं.२०८० असोज २५ बिहीवार ०७:३९ मा प्रकाशित