back
CTIZAN AD

बझाङमा मध्यरातमा पुन : भूकम्पको धक्का महसुस

वि.सं.२०८० असोज २५ बिहीवार

1.2K 

shares

मष्टा (बझाङ) । बझाङमा गएराति पुनः भूकम्पको धक्का महसुस गरिएको छ । मष्टा गाउँपालिकाको भातेखोला केन्द्रविन्दु भएर गएराति १२ बजेर २२ मिनेट जाँदा ५.२ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पविद् डा शिव सुवेदीले गएराति सदरमुकाम चैनपुरबाट ५.३ किलोमिटर टाढा भातेखोला केन्द्र भएर सो म्याग्निच्युटको भूकम्प गएको जानकारी दिए । उनका अनुसार बझाङमा गत मङ्गलबार यता पटक पटक भूकम्पको परकम्प गएका छन् ।

गत मङ्गलबार पनि भातेखोला केन्द्र बनाएर भूकम्प जाँदा एक जनाको निधन र २० जना घाइते भएका थिए । साथै भौतिक संरचनामा क्षति समेत पुगेको थियो ।

अहिले स्थानीय खुला चौरमा जम्मा भएका छन् । सुतेको बेलामा भूकम्पको धक्का आएपछि भागदौडको स्थिति आएको खप्तडछान्ना गाउँपालिका-५ का राजेश कार्कीले बताए ।
रासस

वि.सं.२०८० असोज २५ बिहीवार ०७:५४ मा प्रकाशित

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको विकासको ढोका खुल्ने आशा गरिएको कञ्चनपुरको...

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...